logo

कोरोना महामारीका कारण वीरगंज नाकाबाट सवारी साधन र इन्धनको आयात घट्यो 

    1983   पटक पढिएको


१४ कात्तिक/अर्थ र व्यापार– चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगंज नाकाबाट सवारी साधन र इन्धनको आयातमा ४८ प्रतिशतले गिरावट आएको छ ।

कोरोना महामारीका कारण गत आर्थिक बर्षको पहिलो ३ महिनाको तुलनामा चालु आर्थिक बर्षको ३ महिनामा सवारी साधन र इन्धनको आयातमा उल्लेख्य कमी आएको वीरगंज भन्सार कार्यालयले जनाएको छ । 

गत आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब २ करोड मूल्यबराबरका २ हजार ९ सय २२ वटा जीप, कार र भ्यान भित्रिएका थिए । तर चालु आर्थिक बर्षमा कोरोना संक्रमणका तीन महिनामा १ अर्ब ७१ करोड मूल्य बराबरका १ हजार ५ सय १० वटा जीप, कार र भ्यान भित्रिएका छन् ।

चालु आर्थिक बर्षको पहिलो ३ महिनामा मोटरसाइकल आयातमा समेत ३७ प्रतिशतले गिरावट आएको छ । चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ८ करोड मूल्यका २१ हजार ५० वटा मोटरसाइकल आयात भएका छन् । गत वर्षको सोही अवधिमा २ अर्ब ७४ करोडका ३३ हजार ४ सय २२ वटा मोटरसाइकल भित्रिएका थिए ।

वीरगंज भन्सार कार्यालयका प्रवक्ता विमलकुमार साहका अनुसार पीकअप गाडी, ट्रक, बस, मिनीबस, अटोरिक्सा टेम्पो, ट्रयाक्टर, डम्परलगायतका सबैखालका साधनको आयातमा कमि आएको बताए । 

कोरोना महामारीका कारण चालु आर्थिक बर्षको ३ महिनामा यातायात सेवा, हवाइ सेवा लामो समय बन्द हुँदा इन्धनको आयातमा समेत उल्लेख्य गिरावट आएको छ । 

गत आर्थिक वर्षको पहिलो ३ महिनामा ४२ हजार ६ किलोलिटर हवाई इन्धन आयात भएकोमा चालु आर्थिक बर्षको ३ महिनामा ११ हजार २३६ किलोलिटर हवाई इन्धन आयात भएको छ । 

चालु आर्थिक बर्षमा पेट्रोल आयातमा २५ प्रतिशतले गिरावट आएको छ । चालु आर्थिक बर्षको तीन महिनामा ३ अर्ब ११ करोड १४ लाख २९ हजार मूल्य बराबरको ६९ हजार ३ सय ९६ किलोलिटर पेट्रोल आयात भएको छ । 

गत आर्थिक बर्षको ३ महिनामा ५ अर्ब ४५ करोड १९ लाख ६६ हजार मूल्य बराबरको ९२ हजार २ सय १२ किलोलिटर पेट्रोल आयात भएको थियो ।

चालु आर्थिक बर्षको तीन महिनाको अवधिमा ४ अर्ब ९२ करोड ७५ लाख ५५ हजार मूल्य बराबरको १ लाख ५ हजार ७ सय ६८ किलोलिटर डिजेल आयात भएको छ । सोही अवधिमा गत वर्ष ११ अर्ब २७ करोड २५ लाख १० हजार मूल्य बराबरको १ लाख ७३ हजार २० किलोलिटर डिजल आयात भएको थियो ।

चालु आर्थिक बर्षको पहिलो ३ महिनामा एलपिजी ग्याँसको आयातमा पनि १५ प्रतिशतले कमी आएको छ । चालु आवको तीन महिनामा ३ अर्ब २३ करोड ८६ लाख ६६ हजार मूल्य बराबरको ५ करोड ६० लाख ७८ हजार ८ सय केजी ग्यास आयात भएको छ ।

गत आवको सोही अवधिमा ३ अर्ब ९८ करोड १९ लाख ४८ हजार मूल्य बराबरको ६ करोड ६३ लाख ६ हजार २ सय ९० किलो ग्यास आयात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।