logo

सवा तीन अर्बको लागतमा निर्माणधीन विद्युतीय रेलमार्गको ट्रयाक निर्माणले गति लिँदै

    1606   पटक पढिएको

८ पुस / अर्थ र व्यापार - पूर्व पश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार खण्डमा निर्माण हुने विद्युतीय रेलमार्गको ट्रयाक निर्माणको कामले गति लिन थालेको छ ।

रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार सडकखण्डमा ट्रयाक निर्माणको कार्यलाई ठेकेदार कम्पनीले तीव्रता दिएको रेल्वे विभागका इञ्जिनीयर सुमोद पोखरेलले बताएका छन् ।

सङ्घीय सरकारको करिब सवा तीन अर्बको लागतमा निर्माण भइरहेको सो ट्रयाकको ठेक्का पाएका ठेकेदारले रौतहट जिल्लाको वाग्मतीदेखि धन्सारसम्म करिब २३ किलोमिटर क्षेत्रमा ट्रयाक खोल्ने काम द्रुतगतिमा भइरहेको बताइएको छ । रेल्वे विभागले तीन वटा लिंक लाइनसहित पूर्व पश्चिम राजमार्गको एक हजार तीन दशमलव आठ किलोमिटरसम्मको विद्युतीय रेलमार्ग १० वटा प्याकेजमार्फत निर्माण गर्न लागिएको छ ।

एकदेखि पाँच नम्बरसम्मको प्याकेजको ठेक्का लिएका ठेकेदार कम्पनीले साढे दुई वर्ष्भित्र सबै काम पूरा गरी सक्नुपर्ने गरी सरकारसँग सम्झौता गरेको छ । सोही सम्झौताअनुसार अहिले ट्रयाक निर्माणसँगै पुल निर्माणको काम पनि शुरु गरेको छ । जसअन्तर्गत सो क्षेत्रको वाग्मती, पौराइ, लमाहा, चाँदी, सत्यारी र अमोमा खोलामा छ वटा पुल निर्माण गरिने बताइएको छ ।

विद्युतीय रेलमार्ग निर्माणको क्रममा सोही क्षेत्रमा पर्ने हरियो रुख काट्नुपर्ने देखिएकाले सो रुख काटन स्वीकृतिको लागि वन विभागमा पत्राचार गरिएको डिभिजन वन कार्यालय चन्द्रपुरले जनाएको छ । अहिले सो क्षेत्रमा कालोपत्र गर्ने काम भइरहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।