logo

५ ठेकेदार कम्पनीको नाम कालोसुचीमा 

    2267   पटक पढिएको

२३ असार / अर्थ र व्यापार - ५ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसुचीमा राखेको छ । ठेक्का ओगटेर समयमा काम नगर्ने र गुणस्तरीय काम गर्न नसकेका भन्दै कालोसुचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

कार्यालयको आईतबार बसेको बैठकले सार्वजनिक खरिद ऐन,२०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
आजैबाट लागु हुने गरी कालोसूचीमा राखिएको छ । कालोसुचीमा परेका निर्माण व्यवसायीहरुले राखिएको अवधीभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । श्री लोहनी एण्ड ब्रदररथोदुङगरसुरुची जेभी लाई एक बर्षका लागि कालोसुची राखिएको छ । ग्रामीण पुणनिर्माण तथा पुनर्स्थापना आयोजना कार्यालय दोलखा,चरिकोटले दायीत्व पुरा गर्न नसकेको भन्दै कालोसुचीमा राख्नका लागि सिफारिस गरेको थियो । सोही कार्यालयको सिफारिसमा लोकबीर एण्ड बेतालीर नेपाल र प्रगति जेभी बुद्धनगरलाई पनि एक बर्षका लागि कालोसूचीमा राखिएको छ ।

द कन्चनजङघा र लामा र विल्डर्स जेभी बौद्धलाई २ बर्षका लागि कालोसूचीमा राखिएको छ ।सघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, डिभिजन सडक चरिकोटले काम नगरेको भन्दै कालोसुचीमा राख्नका लागि सिफारिस गरेको थियो । थोदुङग र अजम्वर र  शिवराम जेभी १ बर्षका लागि कालोसूचीमा राखिएको छ। जलस्रोत तथा सिंचाई विकास डिभिजनको इलामले दायीत्व पुरा गर्न नसकेको भन्दै कालोसूचीमा राख्न सिफारिस गरेको हो ।

जिएम कन्स्ट्रक्सन प्राली गोगंबुलाई २ बर्षका लागि कालोसूचीमा राखिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाई सुर्खेतले कालोसूचीमा राख्नका लागि सिफारिस गरेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।