logo

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणका लागी ३ हजार ८ सय २५ वटा रुख कटान गरिने

    1509   पटक पढिएको

२५ माघ /अर्थ र व्यापार – चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण क्षेत्रका ३ हजार ८ सय २५ वटा रुख कटान गरिने भएको छ । रसुवाको माथिल्लो क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको उत्पादित विद्युत जोड्नका लागि निर्माण थालिएको प्रसारण लाइनको रसुवा र नुवाकोटमा त्यो परिमाणमा रुख कटान गरिन लागिएको हो । कटान गरिने रुखमध्ये ३ हजार ३ सय १४ वटा रसुवा र ५ सय ११ वटा नुवाकोटको क्षेत्रमा पर्ने आयोजनाले जनाएको छ । 

प्रक्रिया सकिएमा फागुनको अन्तिम हप्तादेखि रुख काट्न सुरु गरिने आयोजना प्रमुख केदार सिलवालले बताए । सम्झौता भएपछि रसुवा र नुवाकोट जिल्लाका डिभिजन वन कार्यालयमा फाइल पेश गर्नुपर्छ । डिभिजन वन कार्यालयले रुख कटान अनुमति दिएपछि काट्ने काम सुरु हुने उनको भनाइ छ । जिल्लाको आमाछोदिङ्मो गाउँपालिकास्थित गोल्जुङदेखि नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्री बी हबसम्म २२० केभी प्रसारण लाइनको दूरी २७ किलोमिटर रहेको छ । जसमा ७९ वटा टावर रहने छ । गोल्जुङदेखि मैलुङसम्म २२० केभी डबल सर्किट र मैलुङदेखि त्रिशूली थ्रीबीको हबसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुने छ । 

यो प्रसारण लाइनमा ५ सय मेगावट विद्युत जडान गर्न सकिने छ । रसुवामा हाल २ वटा आयोजना सञ्चालनमा छन् । १३ वटा आयोजना निर्माणाधीन छन् भने ८ वटा आयोजनाको सर्भे भइरहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।