logo

चीनले चक्रपथ निर्माणको काम सकाए पनि नेपाल सरकारद्वारा सर्भिस ट्रयाक निर्माणको काम अधुरै

    1573   पटक पढिएको

१७ माघ /अर्थ र व्यापार  - चीनले चक्रपथको कलंकी–सातदोबाटो–कोटेश्वर खण्डको विस्तारको काम सकाए पनि नेपाल सरकारको जिम्मा रहेकोे सर्भिस ट्रयाक निर्माणको काम अधुरै छ । ग्वार्को–सातदोबाटो खण्डको २ किलोमिटर र कलंकी–बल्खु खण्डको १ किलोमिटर सर्भिस ट्रयाकको कामका लागि त टेन्डर नै भएको छैन ।

कलंकी– बल्खु खण्डको झण्डै एक किलोमिटर क्षेत्रमा भने अहिले सर्भिस ट्रयाक बनिरहेको छ । तर यही खण्डको एक किलोमिटर खण्डका सर्भिस ट्रयाक बनाउने प्रक्रिया नै अघि बढेको छैन । सर्भिस ट्रयाक नहुँदा सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउने काम चक्रपथको सहायक लेनमै गरिरहेका छन् । स्थानीयलाई पनि सर्भिस ट्रयाक नबन्दा थप सास्ती भएको छ । चक्रपथ विस्तार आयोजनाका इन्जिनियर निरञ्जन शर्माका अनुसार टेण्डर हुन बाँकी झण्डै ३ किलोमिटर खण्डका लागि अहिलेसम्म बजेट व्यवस्थापन भएको छैन । उनले बजेट व्यवस्थापन गरेर छिट्टै सकै काम सकाउने दावी गरे ।

चक्रपथमा मुख्य लेन, सहायक लेन र ‘सर्भिस ट्रयाक’ गरेर तीन प्रकारका लेन छन् । मुख्य र सहायकमा चार–चार लेन छन् । दुवैतर्फ सहायक लेनभन्दा बाहिर एक–एक लेनको ‘सर्भिस ट्रयाक’ बनाइँदै छ । मुख्य र सहायक गरी आठ लेन सडक निर्माणको जिम्मेवारी चिनियाँ निर्माण कम्पनी संघाइ निर्माण सेवा समूहले लिएको थियो । दुई तर्फका सर्भिस लेन सडक विभागले निर्माण गरिरहेको छ । सर्भिस ट्रयाकबाट निश्चित चोकमा पुगेपछि मात्रै सवारीहरु सहायक र मुख्य लेनमा छिर्न पाउँछन् ।

अहिले आठ लेनको भए पनि थप दुई लेनसहित सडक १० लेनको हुनेछ । सर्भिस लेनभन्दा बाहिर फुटपाथको व्यवस्था भने गरिएको छैन । जसले गर्दा चक्रपथमा पैदलयात्रुलाई सास्ती छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।