logo

चक्रपथ दोस्रो खण्ड विस्तार असोजदेखि सुरु गर्ने भनिए पनि अझै अन्यौलमा

    1831   पटक पढिएको

२० पुस /अर्थ र व्यापार - चक्रपथ दोस्रो खण्ड विस्तार अन्यौंलमा परेको छ । असोजबाटै विस्तार थाल्ने योजना बनेपनि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)तयार नभएकाले अन्यौंलमा परेको हो । चिनियाँ कम्पनीले डिपिआर निर्माणको काम गरिरहेको छ ।
सडक विभागको वैदेशिक समन्वय कार्यान्वयन महाशाखाले साउनमा कलंकीदेखि महाराजगंज सडक असोजदेखि विस्तार सुरु गर्ने भन्दै भदौं मसान्तसम्म सडकमा रहेको संरचना हटाउन सूचना प्रकाशित गरेको थियो ।

महाशाखाले नेपाल विद्युत प्राधिकरण,नेपाल टेलिकम,इन्टरनेट प्रदायक कम्पनी, खानेपानी, ढल लगायतका निकायलाई समेत संरचना हटाउन आग्रह गरेको थियो । काठमाडौं चक्रपथ सुधार योजना प्रमुख सुजन खनालले चिनियाँ पक्षबाट डिजाइन नआएकाले चक्रपथ विस्तार अगाडि बढ्न नसकेको बताए । महाशाखा प्रमुख केशवकुमार शर्माका अनुसार डिपिआर फाइनल हुन केही महिना लाग्नेछ । 

चीन र नेपाल सरकारका वीचमा अनुदानमा सडक बनाउन द्धिपक्षीय सम्झौता(एमओयु)भैसकेको छ । महाशाखाका अनुसार यो करिव ८.१६ किलोमिटर सडक खण्डको एक चरणको सर्वे भैसकेको छ । सो सर्वे अनुसार सडक विस्तारका लागि करिव ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने समायावधी तीन बर्ष लाग्ने छ । सडक भने ८ लेनकै हुनेछ भने केही डिजाइन भने परिवर्तन हुनेछ ।

रिपोर्टका अनुसार विश्व सम्पदामा सुचीकृत स्वयम्भु क्षेत्र आसपासमा फ्लाई ओभर वा अण्डरपास वे उपयुक्त हुने उल्लेख छ । भने महाराजगंज चोकमा कंलकीजस्तै सववे बनाउनुपर्ने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।