logo

सर्टिफिकेट धितोमा ऋण असोजबाट मात्रै

    1987   पटक पढिएको

 ४ साउन/अर्थ र व्यापार– शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण चाँडोमा असोजबाट मात्रै पाइने भएको छ ।

अर्थमन्त्रालयले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने व्यवस्थाका लागि कार्यविधि बनाइरहेको छ । यो कार्यविधि भदौंसम्ममा बन्ने मन्त्रालयले जनाएको छ। दुई महिनामा कार्य्विधि तयार गरी यी कार्यक्रम आर्थिक वर्षको तेस्रो महिनादेखि कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको योजना छ ।

कार्यविधिमा सर्टिफिकेटका आधारमा ऋण दिनेदेखि ऋण असुलीसम्मका प्रकृयालाई समावेश गरिनेछ । कार्यविधीमा उल्लेख भए अनुसार बैंकहरुले ऋण दिन सुरु गर्नसक्छन् ।

चालु आर्थिक वर्षको बजेटमा शैक्षिक प्रमाणपत्र धितोमा राखि ५ प्रतिशत ब्याजमा ७ लाखसम्म  ऋण दिने उल्लेख छ । पढेका युवालाई उद्यमशीलतामा ल्याउन चालु बजेटमा यो कार्यक्रम राखिएको थियो ।

अर्थका सहसचिव उत्तरकुमार खत्रीले कार्ययोजनामा बजेट कार्यान्वयन गर्ने निकाय र अधिकारीनै तोकिने उनले बताए । साथै समय तोकेरै कर्मचारीलाई जिम्मेवार बनाउने तयारी गरिरहेको पनि खत्रीले जानकारी दिए । 

बजेटमार्फत घोषणा गरिएका रोजगारमूलक र लगानीमूलक कार्यक्रम कार्यान्वयन गर्न कार्य्विधि तयार गर्नुपर्ने हुन्छ । सरकारले बजेटमार्फत शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने, वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगार हुन ब्याज अनुदानमा ऋण दिने, महिलाहरुलाई सामूहिक जमानीमा ऋण उपलब्ध गराउने उल्लेख गरेको छ ।

अर्थ मन्त्रालयले यो वर्षको बजेट वक्तव्यको अन्तिम पृष्ठमा बजेट कार्यान्वयनपछि प्राप्त हुने अपेक्षित उपलब्धी पनि उल्लेख गरेको छ । त्यसैलाई मूर्तरुप दिने गरी बजेट कार्यान्वयनलाई जोड दिइएको ती सहसचिवले खत्रिले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।