logo

निषेधाज्ञा खुलेपछि सिमेन्ट र डन्डी उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालन 

    1762   पटक पढिएको


२० असोज/अर्थ र व्यापार– कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा खुलेपनि माग कम हुदा सिमेन्ट र डन्डी उद्योग ५० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएका छन् ।

कोरोना नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण सिमेन्ट र डन्डी उद्योगको उत्पादनमा ७० प्रतिशतले गिरावट आएको थियो । 

निषेधाज्ञा खुलेपनि माग कम हुदा सिमेन्ट र डन्डी उद्योग करिब ५० प्रतिशत हाराहारीमा सञ्चालनमा आएको उद्योगी व्यवसायीहरुको भनाई छ ।

अर्घाखाँची सिमेन्टका संचालक एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले निषेधाज्ञा खुलेपछि १० प्रतिशत मात्रै माग बढेको बताए । मलमास सकिनेबित्तिकै चाडपर्व लाग्ने भएकाले आउदो सिजनमा समेत सिमेन्टको बिक्री राम्रो नहुने बताए । 

निषेधाज्ञा खुलेपक्षी विस्तारै माग बढेपनि मलमासका कारण नयां निर्माण कार्यहरु रोकिदा माग बढ्न सकेको छैन । 

रिद्धिसिद्धि सिमेन्टका संचालक हरि न्यौपानेले निषेधाज्ञा खुलेपछि सिमेन्टको माग बढ्न थालेको बताए । उनले हाल ५० प्रतिशतको हाराहारीमा सिमेन्ट उत्पादन भइरहेकोजानकारी दिए । 

अम्बे स्टीलका संचालक शिवाज न्यौपानेले डन्डीको माग ५० प्रतिशतको हाराहारीमा पुगेको बताए । 
श्री स्टीलका संचालक राजेश अग्रवालले संचालनमा रहेका सबै डन्डी उद्योग यतिवेला घाटामा रहेको बताए । नोक्सानी खाएर डन्डी बिक्री भइरहेको छ । उनले नगद दिनेलाइ अहिले किलोको ६१ रुपैयाँमा डन्डी बिक्री गरिरहेको बताए । 

हाल देशभर सञ्चालनमा रहेका २२ वटा डन्डी उद्योगको उत्पादन क्षमता वार्षिक ३० लाख टनको हाराहारीमा छ।कोरोना नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण अहिले डन्डीको माग ९ लाख टनको हाराहारीमा छ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।