logo

उपत्यकाका ५४ खाद्य उद्योगविरुद्ध मुद्दा

    1681   पटक पढिएको

१२ साउन / अर्थ र व्यापार – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष ०७३/७४ मा उपत्यकाका ५४ खाद्य उद्योगलाई कारबाही गर्न मुद्दा दायर गरेको छ ।

विभागले अनुगमनबाट प्राप्त कैफियतका आधारमा उद्योग रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो । अनुगमन संख्या बढ्दै गर्दा व्यवसायीको कैफियत पनि धेरै देखिने गरेको छ । विभागले सो अवधिमा ६६ पटक ५४ खाद्य उद्योगविरुद्ध मुद्दा दायर गरेको हो ।

विभागले गत आवमा एउटै उद्योगविरुद्ध ४ पटकसम्म मुद्दा दर्ता गरेको छ । विभागले गत फागुनमा भक्तपुरमा रहेको जगदम्बा फुड एन्ड बेभरेज प्रालिलाई न्यून गुणस्तरमा २ र दूषितमा २ गरी ४ पटक मुद्दा दर्ता गरेको सहायक प्रवक्ता चापागाईंले जानकारी दिए । जगदम्बाले दूध उत्पादन गर्छ ।

त्यस्तै, भक्तपुरमै रहेको कालिका डेरी र मनमैजुमा रहेको त्रिशूल मिनरल एन्ड बेभरेज प्रालिविरुद्ध पनि समान ३ पटक मुद्दा दायर गरेको छ । बुढानीलकण्ठको प्रशोधित पानी उत्पादक ग्लासियर बेभरेज, चाउचाउ उत्पादक हिमालयन स्न्याक्स एन्ड नुडल्स, बेसन उत्पादक तेजस खाद्य प्रोसेसिङ र दूध उत्पादक सैँजु डेरीविरुद्ध समान २ पटक मुद्दा दर्ता भएको छ ।

नेपाली उपभोक्ता सबैभन्दा बढी प्रशोधित खानेपानीमा ठगिएको अनुगमन प्रतिवेदनले देखाएको छ । प्रशोधित पानीमा पिएच (अम्लीयको मात्रा) तोकिएभन्दा बढी वा घटी राखेर धेरैले पानी बिक्री गर्दै आएका छन् । पिएचको मात्रा तोएिकभन्दा घटबढ हुँदा पानीको वास्तविक स्वाद प्राप्त हुँदैन । 

गत आवमा २४ खानेपानीले तोकिएकोभन्दा कम गुणस्तर र दूषित पानी उत्पादन गरेको पाइएपछि विभागले मुद्दा दर्ता गरेको छ । त्यसपछि प्याकेटमा उपलब्ध हुने दूध उद्योगविरुद्ध पनि धेरै मुद्दा दायर भएको तथ्यांक छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।