logo

प्रसिद्ध धार्मिक स्थल गोसाईंकुण्डमा केबलकार निर्माण गरिने

    1634   पटक पढिएको

८ बैशाख /अर्थ र व्यापार – प्रसिद्ध धार्मिक स्थल गोसाईंकुण्डमा केबलकार निर्माण गरिने भएको छ । गोसाईंकुण्डसम्म केबलकार निर्माणका लागि तीन ठाउँबाट प्रक्रिया अघि बढेको भए पनि धुन्चे–गोसाईंकुण्ड केबलकार निर्माण हुने निश्चित भएको हो । 

लामो समयदेखि चर्चामा रहेको धुन्चे–गोसाईंकुण्ड केबलकार निर्माणका लागि व्यवहारिक रूप दिन लागिएको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताए । जैविक विविधताको संरक्षण गर्दैगर्दा यसको उपयोग र लाभ पनि लिन पर्ने उनको भनाइ थियो । 
रसुवाको सदरमुकाम धुन्चेमा सञ्चालन गरिएको सातौँ लाङटाङ संरक्षण तथा पर्यटन उत्सव तथा दशौँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता समापन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले पर्यटनको विस्तारका लागि केबलकार निर्माण आवश्यक देखिएकाले निर्माणमा सहजीकरण गर्ने बताए ।

जिल्लाको गोसाईकुण्ड गाउँपालिकाले पठाएको फाइल मन्त्रालयमा पुगेको छ । धुन्चेदेखि गोसाईकुण्डसम्म केबलकारको दूरी साढे ६ किलोमिटर रहने छ । दुई वटा स्टेशन रहनुका साथै २८ वटा टावर राख्ने प्रस्ताव गरिएको छ । ५० वटा प्यासेन्जर क्याविन राख्न प्रस्ताव गरिएको गोसाईंकुण्ड गाउँपालिकाले जनाएको छ ।

गोसाईंकुण्डमा केबलकार निर्माणका लागि प्रस्ताव गरिएको अन्य क्षेत्रमध्ये धुन्चे गोसाईकुण्ड केबलकार छोटोे रहेको र सस्तोमा निर्माण हुने गाउँपालिकाले जनाएको छ । केबलकार निर्माण गर्न एक अर्ब ८५ करोड लाग्ने गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताएका छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।