logo

अदक्ष कामदारको तलब साढे १२ हजार रुपैयाँ भन्दा नबढाउन व्यवसायीहरुको आग्रह 

    1937   पटक पढिएको

२२ आषाढ/अर्थ र व्यापार– पुर्वका व्यवसायीहरुले अदक्ष कामदारको मासिक पारिश्रमिक न्यूनतम १२ हजार ५ सय भन्दा बढी निर्धारण नगर्न सरकारलाई आग्रह गरेका छन् ।

यदी कामदारहरुको मासिक पारिश्रमिक न्यूनतम १२ हजार ५ सयभन्दा माथि निर्धारण गरिएमा कारोबार गर्न समेत कठिन हुने व्यवसायीहरुले बताएका छन् । 

मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले महासंघले प्रस्ताव गरेको १२ हजार ५ सय मासिक पारिश्रमिक छिमेकी मुलुकका तुलनामा बढी रहेको बताएका छन् ।  मुन्दडाका अनुसार नेपालसित जोडिएको भारतको उत्तर प्रदेशमा अदक्ष कामदारको मासिक पारिश्रमिक १२ हजार १ सय ८१ रुपैयाँ, विहार र पश्चिम बङ्गाल राज्यमा दैनिक ४ सय ६ रुपैयाँ ४० पैसा रुपैयाँ छ । त्यस्तै बङ्गलादेशमा मासिक ५ हजार ३ सय बङ्गलादेशी टाका अर्थात् ६ हजार ९ सय ९२ रुपैयाँ रहेको बताए ।

नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले ‘सामान्य कुचो लगाउने र ४५ डिग्रीको तापक्रममा काम गर्नेको ज्याला समान हुनु हुँदैन’, अध्यक्ष गोल्छाले भने, ‘खतरनाक, मध्यम, सामान्य गरी विभिन्न प्रकारमा कामको विभाजन गर्दै सोही आधारमा पारिश्रमिक निर्धारण गरिनुपर्छ ।’

अध्यक्ष गोल्छाले उत्पादकत्वका आधारमा दक्ष र अर्ध दक्ष कामदारले राम्रै भुक्तानी पाइरहेका हुन्छन् । गोल्छाले भने, ‘अदक्ष कामदारको पारिश्रमिक निर्धारण गर्दा निश्चित नहुने हो भने सरकारलाई पनि भार पर्छ । तीन तहका सरकार सक्रिय भएर पूर्वाधारको निर्माण धमाधम गरिरहेका बेला आफ्नो कोषको सदुपयोग गर्नु सरकारी पक्षको पनि दायित्व भएको बताए ।

अदक्ष कामदारहरुले सामाजिक सुरक्षा कोषअन्तर्गत मासिक २५ सय ७५ पाउदै आएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।