logo

सरकारले चाहे निर्मलाको हत्यारा चाडैँ पत्ता लाग्ने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको भनाई 

    1305   पटक पढिएको

७ माघ /अर्थ र व्यापार – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले चाहे निर्मलाको हत्यारा चाँडै पत्ता लाग्ने बताएका छन् । सोमबार निर्मलाको घरमा पुगेर निर्मलाकी आमासँगको भेटमा शर्माले सरकारले चाहे हत्यारा चाडैँ पत्ता लाग्ने बताएका हुन् । 

उनले घटनाका बारेमा प्रधानमन्त्री र गृहमन्त्रीलाई सबै कुरा थाहा भएको बताउँदै प्रधानमन्त्रीले सिंहदबारमा बसेर आफूलाई म पनि छोरीको बाबु हुँ भन्ने सोचे निर्मलाको हत्यारा चाँडै पत्ता लाग्ने बताए । घटनालार्ई कसैले राजनीतिक रङ दिनु नहुने भन्दै प्रधानमन्त्रीले सिंहदरबारमा बसेर म पनि छोरीको बाबु हुँ भन्ने सोचे मात्रै पनि हत्यारा चाँडै पत्ता लाग्ने उनले बताए । 

उनले सरकारले पूँजीवादको कारण घटना भएको बताउनु गैर जिम्मेवार रहेको बताए । प्रमाण मेट्नेलाई नै समात्ने हो भने सबै पत्ता लाग्ने तर सरकारले पूँजीवादका कारण घटना भएको हो भन्नु गलत भएको उनले बताए ।

कांग्रेसले प्रतिपक्ष मात्र नभई मानवताको नाताले पनि निर्मलाको घटनामा आवाज उठाउँदै आएको उनले बताए । उनले दोषि पत्ता लगाउन सरकारलाई प्रतिपक्षको साथ आवश्यक परे आफूहरु सहयोग गर्न तयार रहेको बताउँदै हत्यारा पत्ता लगाउन सरकार गम्भीर नबने कांग्रेसले देशै ठप्प हुने गरी विरोधका कार्यक्रम ल्याउने चेतावनीसमेत दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।