logo

बीमा समिति अब बीमा प्राधिकरण हुने, अध्यक्ष सहित सञ्चालक समिति खारेज

    2019   पटक पढिएको

२९ आषाढ/अर्थ र व्यापार– अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत गरेको छ ।  

विधेयकमा बीमा समिति नेपाल अब बीमा प्राधिकरणमा परिणत हुने भनिएको छ । भने कर्मचारीवाहेक प्राधिकरणको सञ्चालक समितिको गठन नयाँ ऐन बमोजिम हुने उल्लेख छ । यो व्यवस्थाले वर्तमान अध्यक्ष चिरन्जीवी चापागाँई र सञ्चालक समितिका सदस्यहरु स्वत खारेज हुनेछन् ।

यसअघि तयार गरिएको मस्यौंदामा वर्तमान सञ्चालक समितिले निरन्तरता पाउने उल्लेख थियो । तर खतिवडा अर्थमन्त्री भएपछि उनले वर्तमान अध्यक्ष र सञ्चालक समिति नै खारेज गरेर नयाँ ढुङ्गबाट नियुक्त गर्ने बुँदा थप गरेका हुन् ।

विधयेकमा यही प्रावधान राखेका कारण अर्थमन्त्री खतिवडा र समितिका अध्यक्ष चापागाईँबीच बोलचाल समेत बन्द छ । 

नयाँ ऐनले सञ्चालक समिति नै खारेज गर्नेजस्ता बिषयहरु उठाउन नहुने तर्क बीमा समिति सदस्यहरुको छ । यता अर्थमन्त्रीले भने नयाँ ऐनअनुसार समिति नै प्राधिकरण बन्न लागेकाले पुरानो पद राख्नु उपयुक्त नहुने तर्क गरिरहेका छन् ।

नयाँ विधेयकले अध्यक्षको कार्यकालमा पनि सीमा तोकेको छ । विद्यमान ऐन अनुसार एउटै व्यक्ति जति पटक पनि अध्यक्ष हुन पाउँथ्यो । अब भने बढीमा दुई कार्यकालभन्दा धेरै समय अध्यक्ष हुन पाउँदैन । अध्यक्षको एक कार्यकाल चार बर्षको हुने छ ।
अर्थमन्त्रीले बर्तमान सञ्चालक समिति खारेज गर्ने वाहेक सबै बिषयलाई निरन्तरता दिएका छन् ।

नयाँ मस्यौदाले बीमा समितिको स्वायतता समेत खोस्ने व्यवस्था गरेको छ । अहिले बीमा समितिले आफ्ना कर्मचारीको सेवा सुविधा, विनियम, संगठनिक संरचना सबै आफैले तयार गर्न पाउँछ । तर मस्यौदामा गरिएको व्यवस्था जस्ताको तस्तै पारित भए यो अधिकार अर्थमन्त्रालय पुग्ने छ।

साथै, सरकारले बीमा समितिको कोषमा जम्मा हुने रकमको आधा आफूले लैजाने व्यवस्था गरेको छ । बीमा प्राधिकरण अन्तर्गत एउटा कोष हुने छ । कोषमा जम्मा भएको रकममध्ये प्राधिकरणको कार्य सञ्चालन तथा बीमा विकास तथा ब्यवस्थापनको लागि बार्षिक रुपमा छुट्याइएको रकमको अतिरिक्त ५० प्रतिशतले हुन आउने रकम वाहेक अन्य रकम संघीय सञ्चिति कोषमा दाखिला गर्नु पर्ने ब्यवस्था नयाँ विधेयकमा गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।