logo

पूर्वमन्त्री एवं कालिका कन्स्ट्रक्सनको अध्यक्ष विक्रम पाण्डेमाथि अख्तियारले हचुवा तथा पूर्वाग्रही रूपमा मुद्दा चलाएको आरोप

    1561   पटक पढिएको

२४ मंसिर/ अर्थ र व्यापार  - निर्माण व्यवसायीहरुको राष्ट्रिय सङ्गठन नेपाल निर्माण व्यवसायी महासङ्घले पूर्वमन्त्री एवं कालिका कन्स्ट्रक्सनको अध्यक्ष विक्रम पाण्डेमाथि अख्तियारले हचुवा तथा पूर्वाग्रही रूपमा मुद्दा चलाएको आरोप लगाएको छ । महासङ्घले विज्ञप्ति प्रकाशन गर्दै प्रतिष्ठित कम्पनीको विगतको कामको अवमूल्यन गर्दै पाण्डेको सार्वजनिक छविमा आँच आउने गरी मुद्दा चलाएको आरोप लगाएको हो ।

अख्तियारले शुक्रवार पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको मूल नहर परीक्षणकै क्रममा भत्किएपछि अख्तियारले छानबिनपछि निर्माण कम्पनी र सम्बद्ध सरकारी कर्मचारीमाथि मुद्दा दर्ता गरेको हो । महासङ्घले निर्माण व्यवसायीमाथि फौजदारी कानुन अन्तर्गत मुद्दा चलाउने कार्य तत्काल रोक्न पनि माग गरेको छ । यस्तै व्यवसायीमाथि मुद्दा चलाउने जस्ता गतिविधि रोक्न पनि माग गरेको छ ।

महासङ्घले यसअघि जब्दीघाट पुल निर्माणमा अनियमितता गरेको आरोपमा मुद्दा चलाइएका बहालवाला सांसद हरिनारायण रौनियारको पनि बचाउ गर्दै विज्ञप्ति प्रकाशन गरेको थियो। सार्वजनिक खरिद अनुगमनको कार्यालयले नयाँ ठेक्कामा भाग लिन रोक लगाउने निर्णय गरेपछि महासंघले विरोध जनाएको थियो । पछिल्लो समय अख्तियारले समयमै काम नसक्ने ठेकेदार र कम्पनीमाथि निगरानी बढाइरहेको छ । पछिल्लो दुई महिनाको अवधिमा देशकै दुई निर्माण कम्पनी पप्पु र कालिकामाथि मुद्दा चलाइसकेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।