logo

भरतपुरमा जग्गाको न्यूनतम सरकारी मूल्यांकननै कठ्ठाको दुई करोड ५५ लाख, काठमाडौंपछि सबैभन्दा महँगो

    2560   पटक पढिएको


१४ साउन/अर्थ र व्यापार– भरतपुर महानगरपालिकामा जग्गाको न्यूनतम सरकारी मूल्यांकननै कठ्ठाको दुई करोड ५५ लाख रुपैयाँ पुगेको छ । यो मुल्य काठमाडौं पछिकै महंगो हो ।  

व्यवसायीहरुका अनुसार सरकारी मूल्यांकन अढाई करोड तोकिएको क्षेत्रमा अहिले कठ्ठाको पाँच करोड रुपैयाँसम्म कारोबार भइरहेको छ ।

नारायणगढ बजार क्षेत्रमा महेन्द्र राजमार्गसँग जोडिएका जग्गाको सरकारी मूल्य २ करोड ५४ लाख ८० हजार रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्ष त्यही जग्गाको न्यूनतम मूल्यांकन कठ्ठाको एक करोड ८२ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्ष २०७३/७४ को लागि प्रति कठ्ठा एक करोड ३० लाख रुपैयाँ थियो ।

दुई वर्ष भित्र चितवनमा जग्गाको मूल्य एकै कठ्ठामा एक करोड २५ लाख रुपैयाँले बढेको छ । मुग्लिन नारायणगढ राजमार्ग वडा नम्बर १ र ३ सीमानाबाट पुल्चोकसम्मको जग्गाको मूल्य १ करोड ९६ लाख रुपैयाँ कायम भएको छ । शहिदचोक(महेन्द्र राजमार्ग)बाट बालकुमारी माबि जाने चोकसम्मको सरकारी मूल्य कठ्ठाको १ करोड ९६ लाख रुपैयाँ छ।

चितवनमा वर्षेनी ४० प्रतिशतका दरले सरकारी मूल्यांकन बढेको छ । चालु आर्थिक वर्षमा सबै ठाउँमा ३० देखि ४० प्रतिशतले मूल्यांकन बढाइएको मालपोत कार्यालय चितवनका प्रमुख नगेन्द्र पौडेलले जानकारी दिए । महानगरपालिका भित्र बाटोले नछोएको जग्गाको पनि प्रति कठ्ठा न्यूनतम मूल्य २० लाख रुपैयाँसम्म कायम गरिएको छ ।

बाटोले छोएको खेतीयोग्य जग्गाको मूल्य झनै महँगो छ । कुनैपनि वडाभित्र बाटोले छोएको र खेतीयोग्य जग्गाको मूल्यांकन न्यूनतम पाँच लाख रुपैयाँ देखि ६० लाख रुपैयाँ सम्म कायम गरिएको छ । कार्यालययबाट कारोबार गर्ने रत्ननगर नगरपालिकामा पनि प्रति कठ्ठा ४० लाख रुपैयाँ सम्म न्यूनतम मूल्यांकन कायम गरिएको छ ।

चितवनबाट काठमाडौं आउने मुग्लिन सडकसँग जोडिएका कुनैपनि ठाउँमा प्रति कठ्ठा ३० लाख रुपैयाँ भन्दा बढी न्यूनतम मूल्यांकन गरिएको छ ।

खैरहनी नगरपालिकामा पर्ने जग्गाको न्यूनतम मूल्याङ्कन पनि ३० लाख रुपैयाँ कायम गरिएको छ। कालिका नगरपालिकामा बाटो भएको जग्गाको प्रति कठ्ठा पाँच लाख रुपैयाँ देखि २५ लाख रुपैयाँसम्म मूल्यांकन कायम गरिएको छ। ईच्छाकामना गाउँपालिकामा पर्ने जग्गाको मूल्यांकन प्रति कठ्ठा ५५ लाख रुपैयाँ सम्म कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।