logo

अवैध सुनको कारोबारमा भारतीय ठेकेदारको संलग्नता, ३ किलो सुनसहित पक्राउ

    1696   पटक पढिएको

१७ आषाढ/अर्थ र व्यापार– प्रहरीले अवैध सुनको कारोबारमा संलग्न भारतीय ठेकेदारलाई शनिबार बाठमाडौंबाट पक्राउ गरेको छ ।भारतको उत्तराखण्ड जिल्ला चम्पावत टनकपुर नयाँबस्तीमा बस्ने २५ बर्षिय संजना शाह र उनको डा«ईभर दिपक कुमार मौर्य, अशोक सिंह, चन्द्रमोहन जोशीलाई प्रहरीले पक्राउ गरेको हो । 
शनिबार दिउँसो काठमाडौँ बाहिरिने नाका नागढुङ्गामा चेक गर्ने क्रममा भारतीय नम्बर युके ०२४६८४ को गाडीको फिल्टरभित्र ३ केजी सुन भेटिएको थियो । 
गाडीे चालक मनोज विकले आफूले चलाएको गाडीमा सुन भएको थाहा नभएको र गाडी संजनाको भएको जानकारी दिएपछी  निरीक्षक अनिल ठकुरीको नेतृत्वमा भएको प्रहरी टोलीले होटेलबाट संजना, अशोक र चन्द्रमोहनलाई पक्राउ गर्न सफल भयो । चालक मनोज नेपाली हुन् । संजनाको मनोजसित केही महिना अगाडि मात्र चिनजान भएको हो ।
सुन तस्करीको अभियोगमा प्रहरीले पक्राउ गरेका अशोक र संजना भारतीय ठेकेदार भएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।
परिसरका एसएसपी विश्वराज पोखरेलले भने, ’उनीहरू भारतका विभिन्न निर्माण कम्पनीका ठेकेदार भएको खुलेको छ।’
प्रहरीका अनुसार अशोक ए ग्रेड र संजना सी ग्रेडका ठेकेदार हुन्। संजनासँग नेपाली र भारतीय दुवै नागरिकतासमेत रहेको छ। उनीहरू वैशाखदेखि अहिलेसम्म सोही गाडीमा चार पटक काठमाडौँ आएको देखिएको छ।
प्रहरीले बरामद गरेको तीन किलो सुन उनीहरूले काठमाडौँबाट नै खरिद गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । तर सुन काठमाडौँसम्म कसरी आइपुग्यो र कसले बिक्री गरेको भन्ने खुल्न सकेको छैन।
तीन किलो सुनको मूल्य १ करोड ५० लाख रुपैयाँभन्दा बढी पर्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।