logo

कोभिड-१९ कहरकाबीच २६ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

    1991   पटक पढिएको


२२ असोज/अर्थ र व्यापार– कोभिड-१९ का कारण लकडाउन सुरु भएदेखि ७ वटा मुलुकबाट १ सय ३२ परियोजनामा २६ अर्ब नेपाली रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका निर्देशक एवं सूचना अधिकारी बिनोद खड्काले गत ११ चैतदेखि १३ असोजसम्म विभिन्न ७ वटा मुलुकबाट २६ अर्ब नेपाली रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको बताए ।

यस अवधिमा चिनबाटमात्रै ११९ वटा उद्योगमा २१ अर्ब लगानी प्रतिबद्धता आएको छ । भारतबाट ६ वटा उद्योग, बेलायत र नेदरल्याण्ड्सबाट दुई–दुई वटा, मेक्सिको, मलेसिया र ब्रिटिश भर्जिन आईल्याण्डबाट एक–एक वटा आयोजनाका लागि लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । 

वैदेशिक लगानीमा आएको प्रतिबद्धता मध्ये १३० वटा साना, एक मध्यम र एक ठूलो उद्योग रहेका छन् । प्रतिबद्धताअनुसार सबै परियोजनाका लागि लगानी आए चार हजार दुई सय १७ जनाले रोजगारी पाउने विभागले जनाएको छ ।

आर्थिक वर्ष ०७५र७६ मा २५ अर्ब ४८ करोड कुल वैदेशिक लगानी भित्रिएकोमा ०७६र७७ मा लगानी बृद्धि भएर ३८ अर्ब ८७ करोड बराबर पुगेको थियो ।

यस आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न ८३ वटा परियोजनाका लागि १७ अर्ब वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यीमध्ये एउटा ठूलो, एक मध्यम र ८१ वटा साना उद्योगमा लगानी प्रस्ताव आएको विभागले जानकारी दिए ।

कोरोना महामारीका बिचपनि अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७६र०७७ मा ४९.१ प्रतिशतले वैदेशिक लगानी प्रतिबद्धता बृद्धी भएको उद्योग विभागले जनाएको छ । 

उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले जलविद्युतमा ठूला र होटल तथा रेष्टुरेण्टमा साना लगानी प्रतिबद्धता आएको जानकारी दिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।