logo

रानीपोखरीको पुनर्निर्माण सुरु, प्राधिकरण भन्छ– वैशाखमा सकिन्छ

    1492   पटक पढिएको

११ मंसिर / अर्थ र व्यापार - आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण भइरहेको छ । अहिले पोखरीमा कालो माटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण भइरहेको छ ।

०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिम्मा लिएको हो । निर्धा्रित समयमै सक्नेगरी कामले गति लिएको प्रधिकरणको दाबी छ । पुसको अन्तिम सातासम्ममा पर्खाल लगाउने र पोखरीमा कालो माटो राख्ने कामले पूर्णता पाउने प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए ।

यस्तै बालगोपालश्वर मन्दिरको पुनर्निर्माणको कामसमेत तीव्र रूपमा भइरहेको छ । मन्दिरको निर्माणको काम अहिले २० प्रतिशत सकिएको छ । हाल मन्दिरमा काठको काम भइरहेको छ । पार्खालको काम ८५ प्रतिशत सकिएको छ भने पोखरीको काम ४० प्रतिशत सकिएको मानन्धरले बताए ।

‘वैशाखसम्ममा नागरिकले पुरानै शौलीको रानीपोखरी देख्न पाउनेछन्’, उनले भने । बाँकी काम पनि नियमितरूपमा भइरहेको छ । सुरुआतमा काठमाडौं महानगरपालिले पुनर्निर्माण गर्ने भनिए पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म काममा ढिलाइ भएको हो । मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनर्निर्माण प्राधिकरणलाई जिम्मा दिएपछि निर्माणको काम अघि बढेको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।