logo

अल्टिच्युड एअरद्वारा नयाँ हेलिकोप्टर खरिद

    1726   पटक पढिएको

२१ चैत्र /अर्थ र व्यापार - अल्टिच्युड एअरले एअरबसको विश्वविख्यात हेलिकोप्टर एएस ३५० बी ३ ई (एच १२५) खरिद गरेको छ । अल्टिच्युडले खरिद गरेको नयाँ हेलिकोप्टर मलेसियाबाट मार्च ३० मा उडेर बुधबार काठमाडौंमा ल्यान्ड गरेको हो । फ्लाइटमा कम्पनीका अपरेसन्स निर्देशक क्याप्टेन केशव प्रसाद गौचनको नेतृत्वमा क्याप्टेन रवीन्द्र प्रजापति, इन्जिनियर अनिरुद्र श्रेष्ठसमेतको टोली मलेसियाबाट थाइल्यान्ड, म्यानमार, बंगलादेश, भारत हुँदै नेपाल आएको हो ।

कम्पनीले ९ एन एमएक्स कलसाइन भएको सिरियल नं. ८६५६ हेलिकोप्टर खरीद गरेको हो । अल्टिच्युडको नयाँ एअरक्र्याफ्ट फ्रान्समा निर्मित भइ मलेसियामा रिएसेम्बल गरिएको हो । हेलिकोप्टरले हालसम्म ७ घण्टा परीक्षण र १६ घण्टा उडानसहित २३ घण्टा उडान भरेको छ । कम्पनीको यो तेस्रो हेलिकोप्टर हो । कम्पनीका प्रबन्ध निर्देशक नीमा नोरु शेर्पाले नयाँ हेलिकोप्टर ल्याएसँगै कम्पनीले सबैभन्दा नयाँ प्रविधिमा आधारित हेलिकोप्टरबाट विश्वसनीय सेवा दिने कम्पनीको योजना भएको बताए । एकल इन्जिन भएको यो सबैभन्दा शक्तिशाली हेलिकोप्टर रहेको र यससँगै कसैको तुलना गर्न नसकिने उनको दाबी छ ।

शेर्पाका अनुसार कम्पनीले ३ मिलियन डलर (करिब ३० करोड रुपैयाँ) मा खरिद गरेको हो । नयाँ हेलिकोप्टर २३ हजार फिटसम्म सहज उडान गर्ने क्षमता राख्दछ । तसर्थ नेपालजस्तो उच्च पहाडी भूभागका लागि यो हेलिकोप्टर सबैभन्दा उपयोगी रहने अपरेसन्स निर्देशक गौचनले बताए । उनका अनुसार हेलिकोप्टरमा थप जी ५०० एच इन्स्ट्रुमेन्ट भएका कारण यो सबैभन्दा नयाँ मोडलको हेलिकोप्टर हो । कम्पनीसँग यसअघि पनि यही मोडलको हेलिकोप्टर रहेको छ ।

कम्पनीका चिफ इन्जिनियर पूर्णवीर कंसाकारका अनुसार यो हेलिकोप्टर हाइ अल्टिच्युड हेलिकोप्टर हो जुन विशेष गरी हाइ अल्टिच्युड रेस्क्युका लागि उपयोगी रहन्छ । हेलिकोप्टरमा सेमिग्लास ककपिट छ भने अटोमेटिक ट्र्या्किङ प्रणाली जडित छ । यो हेलिकोप्टर हाइ अल्टिच्युड रेस्क्युसहित सामान झुन्ड्याएर बोक्न, बास्केट राखेर हेलिस्किइङ गर्न तथा उद्धारका लागि स्ट्रेचरसमेत राखेर उडान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।