logo

आईसीएमएस र जापानको विश्वविद्यालयबीच सम्झौता

    1307   पटक पढिएको

८ मंसिर / अर्थ र व्यापार -  संकट व्यवस्थापनमा स्नातकोत्तर र विद्यावारिधीका लागि नेपालको इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेन्ट स्टडिज (आईसीएमएस) र जापानको एक विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्र्तगत आईसीएमएस र जापानको कानागावा विश्वविद्यालय अन्र्तगत इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिजबीच सम्झौता भएको हो ।

आईसीएमएसले काठमाडौंमा पत्रकार सम्मेलन गरी सम्झौताबारे जानकारी गराएको हो । समझदारी अनुसार, इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेन्ट स्टडिजमा संकट व्यवस्थापन संकाय अन्र्तगत अध्ययनरत विद्यार्थी तथा प्रोफेसरहरुले जापान गएर अध्ययन अध्यापन गर्न सक्नेछन् ।

पत्रकार सम्मेलनमा कलेजका संस्थापक सदस्य डाक्टर गंगालाल तुलाधरले सम्झौताले अध्ययन कार्यक्रम साटासाटको साथै संकट व्यवस्थापनका विषयमा संयुक्त रुपमा अध्ययन अनुसन्धान गर्न सजिलो हुने बताए ।डाक्टर तुलाधरले कलेजले विद्यावारिधी पनि सुरु गरेको र जापानमा गएर विद्यावारिधी गर्न चाहनेका लागि सम्झौताले बाटो खुल्ला गरेको बताए । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त आईसिएमएसले संकट व्यवस्थापन विषयमा अध्ययन गराउँदै आएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।