logo

कृषि अनुदान दुरुपयोग भएको उद्योगीको आरोप, परिचयपत्रमार्फत अनुदान दिन आग्रह

    1464   पटक पढिएको

१२ मङ्सिर / अर्थ र व्यापार  -  नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहराले किसान परिचय कार्डमार्फत् कृषि अनुदान वितरण गर्न आग्रह गरेका छन् ।

बोहराले कृषि अनुदानको दुरुपयोग भइरहेको अवस्था देखिएको उल्लेख गर्दै परिचय कार्डमार्फत् अनुदान वितरण गर्न  आग्रह गरेका हुन्। महासङ्घको प्रदेश नम्बर १ समितिद्वारा आयोजित कृषि व्यवसायको पवद्र्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमा अन्तरक्रियामा व्यवसायी बोहराले यथेष्ट नीतिनियम र कानुनको अभावका कारण यस प्रदेशबाट सोचेअनुसार कृषिजन्य वस्तुको निर्यात हुन नसकेको बताए।

उनले कृषिलाई औद्योगिकीकरण गर्न प्रत्येक जिल्लामा शीतगृह निर्माण गरिनुपर्ने कुरामा जोड दिए ।महासंघको प्रदेश नं. १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले कृषि क्षेत्रमा बढी सम्भावना बोकेको प्रदेश नं. १ मा कृषिजन्य वस्तु निर्यात गर्न चिया, अदुवा, सुपारी, माछा, मह लगायतका कृषि वस्तुको उत्पादन बढाउनुपर्ने धारणा प्रकट गरे।

अध्यक्ष खड्काले महासङ्घको प्रदेश नं. १ ले लगानीका सम्भावित क्षेत्रका विषयमा अध्ययन गरिरहेको र केही समयमै अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने जानकारी गराए। एक दिने अन्तरक्रियामा विभिन्न जिल्लाका कृषि व्यवसायी, जिल्ला÷नगर उद्योग वाणिज्य सङ्घ र प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधि गरी ६० जनाको उपस्थिति थियो।

प्रदेशका कार्यकारी निर्देशक श्याम भण्डारीका अनुसार सहभागी व्यवसायीले माछा व्यवसायमा पहिलो तीन वर्षसम्म कृषिकलाई प्राविधिक तालिम तथा आर्थिक सहयोग दिइनु पर्ने, रूग्ण अवस्थामा रहेको कृषि व्यवसायको विकासका लागि खालि रहेका पहाडी भूभागमा चिया, अलैँची, अदुवा खेतीको वृद्धि गरिनुपर्ने, बजारमा विक्री नभएका कृषि उपज सरकारले समर्थन मूल्यमा लिने व्यवस्था हुनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।