logo

एडिबीद्धारा चार आयोजनाको काममा भईरहेको ढिलाईप्रती असन्तुष्टि प्रकट

    1514   पटक पढिएको


१७ साउन/अर्थ र व्यापार– एसियाली विकास बैंक (एडिबी)ले खानेपानी र नागरिक उड्डनसँग सम्बद्ध आयोजना कार्यान्वयनमा सोचेअनुरुप प्रगति हुन नसकेको भन्दै आवश्यक सुधारका लागि सरकारले हस्तक्षेप गर्नुपर्ने बताएको छ ।

एडिबी, नेपाल सरकार र सम्बन्धित आयोजनाबीचको त्रिपक्षीय समीक्षा बैठक (ट्रिपार्टाइट पोर्टफोलियो रिभ्यू मिटिङ)को उदघाटन सत्रमा एडिबीका डेपुटी डाइरेक्टर जनरल दिवश शरणले ती आयोजनामा अहिलेकै रफ्तारमा काम हुँदा समयमै सम्पन्न हुन सक्ने अवस्था नरहेकाले सरकारले विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

त्रिभुवन विमानस्थल, गौतम बुद्ध विमानस्थल, मेलम्ची र काठमाडौं उपत्यका खानेपानी वितरण आयोजनाको काम सन्तोषजनक छैन। यसमा अहिले जति ध्यान दिइएको छ, सरकारले त्योभन्दा धेरै जोड दिनुपर्छ,’ शरणले भने ।

वातावरणसँग सम्बन्धित र अन्य आयोजनाको तयारी र कार्यान्वयनसँग सम्बन्धित विषयहरुका कारण काममा ढिलाई भएको र त्यसले विनियोजित बजेट खर्चमा समेत प्रभाव पारेकाले तयारीका काम छिट्टै सक्नुपर्नेमा उनले जोड दिए ।

कायक्रममा अर्थ मन्त्रालयका सचिव राजन खनालले दातृनिकायका सहयोगमा सञ्चालित कार्यक्रम कार्यान्वयनमा सरकाले कार्ययोजना तयार गरिरहेको र त्यही कार्ययोजनाले नै सबै सवाललाई सम्बोधन गर्ने जानकारी दिए । उनले आयोजनाको तयारी, कार्यान्वयनको मोडालिटी र अन्य कामहरु समयमै सक्ने विधि कार्य योजनाले तय गरेको बताए ।

एडिबीको सहयोगमा सञ्चालित केही आयोजनाको काम सन्तोषजनक ढंगबाट अघि बढिरहेको भन्दै उनले ढिला भएका क्षेत्रमा कामलाई तीव्रता दिन सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने बताए ।

एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखनोभले नेपालमा एडिबीको ऋण, अनुदान र प्राविधि सहायतासमेत गरी सहयोगको आकार २ अर्ब ३४ करोड अर्ब अमेरिकी डलर पुगेको जानकारी दिए । उनले ति चारवटा आयोजनाको प्रगतिमा समस्या रहेको भन्दै त्यसलाई छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका थिए । 

एडिबीले यो वर्ष ४४ करोड ७० लाखको ठेक्का लाग्ने र ३३ करोड ८० लाख डलर भुक्तानी हुने अनुमान गरेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।