logo

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बढाउन अर्थ समितिको दबाब

    1437   पटक पढिएको

२६ बैशाख /अर्थ र व्यापार - संसदको अर्थ समितिले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बढाउन सरकारलाई दबाब दिएको छ । मत सर्वेक्षण र स्थलगत अध्ययनका क्रममा प्राप्त सुझाव भन्दै समितिले हाल चार करोड रुपैयाँ रहेको यो कार्यक्रमको रकम बढाउन सरकारमाथि दबाब सिर्जना गरेको हो । निर्वाचित सांसदको सीधा अधिकार स्थापित हुने गरी कार्यान्वयनमा रहेको कार्यक्रमको प्रभावकारिता नै नहेरी समितिले रकम बढाउनुपर्ने उल्लेख गरेको छ । अर्थ समितिले उपलब्ध गराएको विवरणअनुसार अध्ययनका क्रममा सहभागीमध्ये अधिकांशले यो कार्यक्रमको ‘पैसा बढाउनुपर्ने’ सुझाव दिएको उल्लेख छ ।

अध्ययनमा सहभागी भएकामध्ये ९० जनाले अहिलेकै मोडल उपयुक्त भन्ने विकल्प रोजेको विवरणमा उल्लेख छ । त्यसैगरी ४० जनाले कार्यक्रम नै राख्न नहुने सुझाव दिएका छन् । अधिकतम् संख्या अर्थात् २४२ जनाले रकम बढाउनुपर्ने सुझाव दिएको समितिले जनाएको छ । सांसदहरुले यो कार्यक्रममा दिइँदै आएको बजेट बढाउनुपर्ने दबाब दिइरहेका बेला समितिले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । समितिले सांसदहरुलाई सहज बनाउन र सरकारमाथि दबाब सिर्जना गर्न यस्तो प्रतिवेदन तयार गरेको हुन सक्ने आशंक अर्थ मन्त्रालयका अधिकारीहरुले गरेका छन् । समितिमा सचिव सुरेन्द्र अर्यालले भने स्थलगत अध्ययनका क्रममा सभागीलाई प्रश्नावली उपलब्ध गराइएको र उनीहरुको जवाफ जस्ताको त्यस्तै प्रतिवेदनमा समावेश गरिएको दावी गरे । 

अर्थ समितिले पूर्वअर्थमन्त्रीद्वय सुरेन्द्रप्रसाद पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको दुई समिति बनाएर सातै प्रदेशका राजधानी र प्रमुख व्यापारिक केन्द्रमा अन्र्तक्रिया गरेको थियो । अन्र्तक्रियाका क्रममा प्राप्त सुझाव समेटेर बनाइएको प्रारम्भिक प्रतिवेदनमा यो कार्यक्रमका लागि बजेट बढाउनुपर्ने उल्लेख गरिएको छ । सत्तारुढ नेकपा र विपक्षी नेपाली कांग्रेसका सांसदहरुले यो कार्यक्रमको रकम बढाएर १० करोड रुपैयाँसम्म र्पुयाउनुपर्ने माग सार्वजनिकरुपमा नै व्यक्त गर्न थालिसकेका छन् । यस्तै समानुपातिक सांसदहरुले पनि यो कार्यक्रममा आफूहरुको पनि समान हिस्सा हुनुपर्ने भन्दै बजेट विनियोजन गर्न माग गरिरहेका छन् ।

वित्तीय संघीयताका जानकारहरुले भने संघीय संचरनाको कार्यान्वयनले मुलुकको साधन स्रोतको बाँडफाँट तल्लो तहसम्म पुगेकाले संघमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई पैसा दिनुनपर्ने बताएका छन् । केन्द्रमा प्रतिनिधित्व गर्ने सांसदले नीति निर्माणमा भूमिका खेल्नुको साटो पैसा माग्दै हिँड्नु संघीयता र विकेन्द्रीकरणको सिद्धान्तअनुरुप नहुने उनीहरुको तर्क छ । समानुपातिक सांसदहरुले प्रत्यक्षसरह अधिकार दिनुपर्ने भन्दै पैसा मागे पनि सरकारले भने त्यसलाई अस्वीकार गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चार करोड रुपैयाँ प्रत्यक्ष निर्वा्चित सांसदलाई दिएको नभई निर्वाचन क्षेत्रका लागि दिइएको भन्दै थप पैसा दिन नसकिने बताइसकेका छन् । 

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।