logo

चालु आर्थिक वर्षको राजश्व लक्ष्य ७ खर्ब ३० अर्ब

    1603   पटक पढिएको

३ साउन / अर्थ र व्यापार – सरकारले आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब ३० अर्ब ५ करोड ५५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजस्व संकलनको विगतलाई विश्लेषण गर्दै आर्थिक वर्ष २०७४/७५ मा ७ सय ३० अरव, ५ करोड ५५ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको स्पष्ट पारे ।

मंगलबार सिंहदरबारस्थित् आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले आर्थिक गतिविधि बढाउने गरी पुनर्निर्माणको काममा लगानीको विस्तार हुनु, भन्सार विन्दुहरुमा सुरुवात गरिएको नयाँ प्रणाली, लगानी अनुकूल वातावरणको निर्माण, निर्वाचनका कारण वृद्धि भएको आर्थिक क्रियाकलाप, राजस्व प्रशासनको विस्तारित क्षमता राजस्व संकलनमा वृद्धि हुने आधार रहेको पनि उल्लेख गरे ।

सरकारले आर्थिक वर्ष २०७३/७४ मा ६ सय ११ अरव ७६ करोड ७८ लाख ९६ हजार राजस्व संकलन गरेको थियो । मन्त्री कार्कीले कर आधारको विस्तार र कर प्रणाली सुदृढ हुँदै गएकाले पनि राजस्व संकलनमा वृद्धि हुँदै गएको पनि स्मरण गराए । मन्त्री कार्कीले आर्थिक गतिविधिलाई पारदर्शी, सुदृढ र सक्षम बनाउन राजस्व प्रशासन प्रणालीलाई बलियो बनाउने प्रतिवद्धता पनि व्यक्त गरे । सरकारले आर्थिक वर्ष २०७४/७५ मा ७ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

अर्थ मन्त्रालयले लक्ष्य अनुसारले योजना पनि बनाएको छ । मन्त्री कार्कीले करको दायरा विस्तार, कर परिपालनार राजस्व संकलन गर्न चुहावट नियन्त्रणका लागि कठोर नीति सिमा अभिवृद्धि तथा चुहावट नियन्त्रणका लागि कठोर नीति अवलम्बन गरी राजस्व संकलन लक्ष्यभन्दा बढि असूल गर्ने योजना बनाइएको पनि बताए । उनले राजस्व संकलनले अर्थतन्त्रलाई सवल र सक्षम बनाउने पनि उल्लेख गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।