logo

६६ करोड ४० लाखको रकम डोटीमा फ्रिज

    2141   पटक पढिएको

६ साउन / अर्थ र व्यापार – आर्थिक वर्ष २०७३/०७४ को अन्तिम १० दिनमा डोटी जिल्लामा ६९ करोड, ६६ लाख ३९ हजार दुई सय ६५ रुपैयाँ खर्च भएको छ । जिल्लामा फेरी पनि ६६ करोड ४० लाख ८९ हजार सात सय ३० रुपैयाँ फ्रिज भएको छ । गत असार २१ गतेसम्मको पुजिँगत तर्फ जम्मा ५५ प्रतिशत मात्रै रकम खर्च भएकोमा असार मसान्तसम्म ७८.७९ प्रतिशत खर्च भएकोे छ । 

गत आवमा जिल्लाका लागि चालुतर्फ चार अर्ब, २३ करोड, ८३ लाख, ४८ हजार, पाँच सय ४३ र पुँजीगततर्फ एक अर्व ८२ करोड, ६४ लाख, २५ हजार आठ सय ८८ गरी ६ अर्व ६ करोड, ४७ लाख, ७४ हजार, चार सय ३२ रुपैयाँ बजेट बिनियोजन भएको थियो । सोमध्ये चालुतर्फ तीन अर्व, ९६ करोड, १६ लाख, सात हजार, तीन सय १० र पँजीगततर्फ एक अर्व, ४३ करोड, ९० लाख, ७७ हजार, तीन सय ८४ गरी पाँच अर्व ४० करोड, ६ लाख, ८४ हजार ६ सय ९५ रुपैयाँ खर्च भएको छ । 

असार २१ गतेसम्मको  तथ्याँक अनुसार पुँजीगततर्फ ६९ करोड ७१ लाख रुपैयाँ बजेट खर्च हुन बाँकी थियो । तर, १० दिनमै पुँजीगततर्फको रकम ३० करोड, ९७ लाख, ७५ हजार, चार सय ९७ खर्च भएको छ । यस्तै सो अवधीमा चालुतर्फ ६६ करोड ३६ लाख पाँच हजार रुपैयाँ खर्च हुन बाँकी देखिएको थियो भने १० दिनमा ३८ करोड, ६ध८ लाख, ६३ हजार, सात सय ६८ खर्च भएको छ । अब चालु तर्फ २७ करोड, ६७ लाख, ४१ हजार दुई सय ३२ र पुँजीगततर्फ ३८ करोड, ७३ लाख, ४८ हजार, पाँच सय तीन  रकम फ्रिज भएको छ । 

चालु तर्फ ६.५३ र पुँजीगततर्फ २१.२१ प्रतिशत फ्रिज भएको भएको छ । कुल बजेटको ८९ प्रतिशत रकम खर्च भएको छ । आर्थिक बर्ष २०७२/०७३ मा डोटी जिल्लामा कुल वजेटको ९० प्रतिशत खर्च भएको थियो । यस वर्ष डोटीमा ११ करोड, ३७ लाख, ८९ हजार तीन सय १ रुपैयाँ राजश्व संकलन भएकोे छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।