logo

विमस्टेकको पाँचौ शिखर सम्मेलन जनवरीमा गर्ने तयारी

    2384   पटक पढिएको


२३ असोज/अर्थ र व्यापार– वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को पाँचौ सम्मेलन आगामी वर्षको जनवरीमा गर्ने तयारी भएको छ ।

गत वर्षको सम्मेलनमा यही बर्षको अक्टोबरमा सम्मेलन गर्ने समझदारी भएपनि कोभिड–१९ को महामारीका कारण सम्मेलन आगामी वर्षको जनवरीमा गर्ने तयारी भएको हो ।

चौथो सम्मेलनपछि बिमस्टेकको अध्यक्षता लिएको श्रीलंकाले आगामी वर्षको जनवरीमा सम्मेलन गर्ने प्रस्ताव गरेको छ । सम्मेलनको मिति तय गर्न सदस्य राष्ट्रहरुबीच वार्ता भइरहेको छ ।

कोभिड–१९ को महामारी नियन्त्रणमा आएमा भौतिक रुपमा सम्मेलन गर्ने नभए भर्चुअल विधिबाट भए पनि सम्मेलन गर्ने तयारी छ । शिखर सम्मेलन अगाडि बिमस्टेक देशका परराष्ट्र मन्त्रीहरुको बैठक गर्ने तयारी समेत अगाडि बढाइएको छ । 

स्थापनाको दुई दशक भइसक्दा पनि यस बीचमा बिमस्टेकका जम्मा ४ वटा मात्र सम्मेलन भएको छ । सन् २०१८ मा काठमाडौँमा भएको चौथो शिखर सम्मेलनले बिमस्टेकको संस्थागत विकास र अन्य विषयहरुमा महत्वपूर्ण निर्णय लिएको थियो ।

बिमस्टेकले कनेक्टीभिटीलाई बढाउन बिमस्टेक मोटर सम्झौतालाई अन्तिम रुप दिने काम गरिरहेको छ । बिमस्टेक कोस्टल सिपिङ सम्झौतामा पनि छलफल भइरहेको छ । त्यसैगरी बिमस्टेक स्वतन्त्र व्यापार सम्झौतालाई अन्तिम रुप दिने काम पनि भइरहेको छ ।

आतंकवादको नियन्त्रण, वातावरण, दिगो विकास, उर्जा, जलवायु परिवर्तन, कृषि, माछापालन, प्रविधि, यस क्षेत्रमा पर्यटन प्रवद्र्धन र माउन्टेन इकोनोमी लगायतका को क्षेत्रमा मिलेर काम गर्नका लागि भिजन डकुमेन्ट र अन्य संस्थागत विकासका कामहरु समेत भइरहेका छन् ।

बिमस्टेकले दीर्घकालीन विकास लक्ष्य अनुसार सन् २०३० भित्र यस क्षेत्रमा गरिबीलाई उन्मुलन गर्ने लक्ष्य लिएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।