logo

तिन बर्ष देखि बन्द रहेको पाँचतारे होटल एभरेष्ट पुनः सञ्चालनमा आउने

    2276   पटक पढिएको

१४ चैत्र /अर्थ र व्यापार - बिगत तिन बर्ष देखि बन्द रहेको पाँचतारे होटल एभरेष्ट पुनः सञ्चालनमा आउने भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सबैभन्दा नजिक रहेको पाँचतारे होटल एभरेष्ट तीन वर्षसम्म बन्दा हुँदा लागेको बार्षिक करोडौको घाटा लागिरहेको छ । पुरानै सञ्चालक मस्कुर अहमद लारीले फेरि होटल सञ्चालनमा ल्याउन लागेका हुन । होटल बन्द हुँदा तीन वर्षदेखि बार्षिक आउने करोडौंको लाभ गुमेको छ भने होटलप्रतिको विश्वास पनि कम हुँदै गएको छ ।

पुराना कर्मचारी हटाउने बहानामा सञ्चालकले लिएको ईगोका कारण आफ्नै व्यवसाय वर्षो ठप्प भएपछि अब होटल रिनोभेसन गरेर पुःन सञ्चालनको तयारी धमाधम भइरहेको छ । यो होटल पछिल्लो समय बिक्रीको दाउँमा राखिएको भएपनि भारतीय नागरिकको लागनी रहेको र पारिवारिक विजनेसका कारण प्रक्रियागत समस्या भएकोले होटल बिक्री हुन सकेन । यो होटल किन्न उद्योगी व्यवसायीदेखि मोफसलका उद्योगी र विदेशी लगानीकर्तासम्मले चासो देखाएका भएपनि होटल बिक्री गर्न नमिलेका कारण भारतीय लगानीकर्ता लारीले आफैं सञ्चालन गर्न लागेको उल्लेख छ । करिब १० अर्ब लगानी रहेको बानेश्वरको पाँचतारे होटल दि एभरेष्ट २०७२ बैशाखमा गएको भूकम्प र लगत्तै गएको पराकम्पनका कारण क्षति पुगेर बन्द भएको यो होटल अझै सञ्चालनमा आउन सकेको छैन ।

होटललाई रेक्ट्रोफिट नगरी सञ्चलनमा ल्याउन नमिल्ने भनेका र सोही कारण देखाएर होटल बन्द भएको थियो । अहिले यो होटललाई आवश्यक मर्मतसहित रेक्ट्रोफिट भइरहेको छ । तत्कालिन समयमै भएको निरीक्षण क्रममा गएको एक सरकारी टोलीले रेक्ट्रोफिट गरेर मात्रै होटल सञ्चालन गर्न सक्ने सुझाव दिएको थियो । होटल व्यवस्थापनलाई भने मजदुर निकाल्नुपर्ने र आफ्नै सेटिङ नमिलेका कारण होटल खोल्न कुनै चासो देखाएको थिएन् ।
कर्मचारीले होटल बन्द भएपछि पटक पटक होटल खोल्न र कर्मचारीको उचित व्यवस्थापन गरेर मात्रै विदाइ गर्न आग्रह गर्दा पनि व्यवस्थापन चुप लागेर बस्यो । मजदुरले पटकपटक आन्दोलन पनि गरेर तर होटल खुलेन । बर्षोसम्म होटल बन्द गर्द गुमेको शाख र आर्थिक नोक्सानी भएको छ । होटल बन्द गरेर होइन खोलेरै लाभ लिन सकिने र राजनीतिक सेटिङ मिलाउन सकिने भन्दै होटल सञ्चालकले अब फेरि यसलाई सञ्चालनमा गर्न लागेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।