logo

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ३९ करोड

    1832   पटक पढिएको

२६ भदौ / अर्थ र व्यापार – विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ अर्ब ३८ करोड ८९ लाख रुपैयाँको बजेट पारित गरेको छ । भदौ २३ देखि २५ सम्म भएको महानगरपालिकाको प्रथम महानगरसभामा सर्वसम्मतिले बजेट पारित भएको हो । 

विनियोजित कुल खर्चमध्ये भौतिक पूर्वाधारको निर्माणका लागि ९२ करोड ५१ लाख, महानगरपालिकाको चालु खर्चका लागि २० करोड ८७ लाख, विषयगत कार्यालयको चालु खर्चका लागि २६ करोड ७१ लाख र सामाजिक विकास एवम् लक्षित कार्यक्रमका लागि ११ करोड ५६ लाख विनियोजन गरिएको छ ।

पहिलो महानगर सभाले प्रमुख, उपप्रमुख लगायतका कुनै जनप्रतिनिधिको तलब र सेवासुविधा तोकेन । सरकारले स्थानीय तह सञ्चालन जारी गर्ने तयारी गरिरहेको छ । यो कार्यविधि जारी भएपछि मात्र तोकिए बमोजिमका सेवासुविधाको निर्णय गरिनेछ । 

जनप्रतिनिधिले बैठक भत्ताबापत एक बैठकको १ हजारमात्र लिइरहेको छ । यसबाहेक पत्रपत्रिका, टेलिफोन लगायतका कुनै सुविधा लिएका छैनन् । विराटनगरलाई प्रादेशिक राजधानी बनाउने अवधारणा अनुसार भौतिक पूर्वाधारका निर्माणमा जोड दिइनेछ ।

यसका लागि प्रादेशिक कन्फरेन्स हल, खेलकुदका लागि अन्तर्रािष्ट्रय स्तरको रङ्गशाला र स्विमिङ पुल र क्षेत्रविशेषलाई पर्यटकीय स्थल बनाउने योजना राखिएका छन् । प्रादेशिक कन्फरेन्स हलका लागि सरकारले ३५ करोड रुपैयाँ निकासा गरिसकेको छ । यस्तो हल कम्तीमा ३ बिघा जमिनमा निर्माण गरिने छ । निर्माण सुरु गरिएपछि सरकारले १५ करोड थप निकासा दिनेछ ।
 
साथै महानगरको वडा नंं. १९ मा रहेको रङ्गशालालाई अन्तर्रा्ष्ट्रिय मापदण्डको बनाउने योजना छ । वडा नम्बर १८ मा पर्ने विराट राजाको दरबारमा पुरातात्विक र १९ मा खेलकुद क्षेत्रको महत्त्वको पर्यटकीय क्षेत्र बनाउन योजना बनाइएको छ । 

कुनै पनि महानगरवासी दम्पतीको छोरी जन्मिएमा तिनले महानगरपालिकाबाट ३ हजार रुपैयाँको पुरस्कार पाउने छन् । छोरी बचाउ कार्यक्रमअन्तर्गत महानगरपालिकाले यस्तो निर्णय गरेको हो । गर्भमै भ्रूणको लिङ्गको पहिचान गरेर गर्भपतन गर्ने कार्यलाई निरूत्साहित गर्न महानगरले यस्तो कार्यक्रम ल्याएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।