logo

किवानिज इन्टरनेशनलको उपाध्यक्षमा मोहन लम्सालको उम्मेदवारी घोषणा

    783   पटक पढिएको

२५ मंसिर/अर्थ र व्यापार- किवानिज इन्टरनेशनलको उपाध्यक्ष पदमा किवानिज क्लवका पूर्व डिष्ट्रिक्ट गर्भनर तथा पर्यटन व्यवसायी मोहन लम्सालले उम्मेदवारी घोषणा गरेका छन् । आगामी जुन २४ देखि २७ सम्म फिलिपिन्सको मनिलामा हुने अन्तर्राष्ट्रिय सम्मेलनले किवानिज इन्टरनेशनलको नयाँ नेतृत्व चयन गर्नेछ ।

किवानिज इन्टरनेसनल, विश्वलाई एक बच्चा र एक समुदायको हिसाबले सुधार्न समर्पित स्वयंसेवकहरूको विश्वव्यापी संगठन हो । करिब ८५ देश र भौगोलिक क्षेत्रमा करिब ६५०,००० सदस्यहरू रहेका किवानिज क्लबहरूले प्रत्येक वर्ष लगभग १,५०,००० सेवा परियोजनाहरू आयोजना गर्छन् ।

बुधवार आफ्नो उम्मेदवारी घोषणा गर्दै लम्सालले आफ्नो उम्मेदवारीले विश्वमाझ नेपाललाई चिनाउन सहयोग गर्ने वताए । लम्सालले गत ११ वर्षमा स्थानिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न नेतृत्व भूमिकामा रहेर काम गरीसकेका छन् । हाल उनी किवानिज बोर्ड अफ ट्रष्टी (किवानिज इन्टरनेशनल डाइरेक्टर) को पदमा रहेका छन ।

आफ्नो उम्मेदवारीले नेपालको पर्यटन प्रवद्र्धनको ठूलो अवसर प्रदान गर्ने, सामाजिक क्षेत्रमा सहयोग प्राप्त ठूलो सम्भावना रहेको र नेपाललाई विश्व–मञ्चमा चिनाउने नयाँ अवसर प्राप्त हुने लम्सालले वताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।