logo

‘एचएलआई लार्ज क्याप फण्ड’ को इकाइमा आवेदन दिने अन्तिम दिन आज

    1069   पटक पढिएको

१९ भदौ / अर्थ र व्यापार- हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गतको एचएलआई लार्ज क्याप फण्डको इकाई आजसम्म खरिद गर्न सकिने छ । हिमालयन लाइफ कोष प्रर्वद्धक र हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेको यो योजना’ को ४० करोड इकाइको बिक्री आवेदन गत भदौ १५ गतेदेखि खुला भएकोमा आवेदन पेश गर्ने आज विहिवार अन्तिम दिन रहेको छ ।

यो योजनाका इकाई खरिदका लागि भदौ १८ गतेसम्मको म्याद दिइएको थियो । तर मागबमोजिम आवेदन नपरेकाले भदौ २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर यसबीचमा मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएकाले भदौ २९ गते अगावै उक्त योजनाको निष्कासन तथा बिक्री बन्द गरिन लागेको योजना व्यवस्थापक हिमालयन इन्भेष्टमेन्ट बैंकरले जनाएको छ ।

यो योजनाको कुल निष्कासन मध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २० करोड इकाई कोष प्रर्वघक हिमालयन लाइफ इन्स्योरेन्सलाई सुरक्षित राखि बाँकी रहने २० करोड इकाई सर्वसाधारणहरुमा निष्कासन गरिएको छ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ४ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।