logo

संस्थागत स्वमूल्यांकनमा बेनीघाट रोराङ देशकै उत्कृष्ठ

    1365   पटक पढिएको

८ चैत/ अर्थ र व्यापार- संघीय मामिला तथा प्रशासन मन्त्रालयले स्थानीय सरकार संस्थागत स्वमूल्यांकनमा धादिङको बेनीघाट रोराङ गाउँपालिका र नीलकण्ठ नगरपालिका लाई उत्कृष्ट घोषणा गरेको छ । गाउँपालिकातर्फ बेनीघाट रोराङ पहिलो, रुरुक्षेत्र दोस्रो र अर्जुनचौपारी तेस्रो भएका छन् भने नगरपालिकातर्फ नीलकण्ठ नगरपालिका पहिलो, खैरहनी दोस्रो र तिलोत्तमा तेस्रो स्थानमा रहेका छन् ।

शुक्रबार एक कार्यक्रमका बीच मन्त्री भगवती न्यौपाने र सचिव रविलाल पन्थले प्रतिवेदनसहित उच्च अंक प्राप्त गर्ने ३/३ वटा गाउँपालिका र नगरपालिकाको नाम सार्वजनिक गरेका हुन् । उच्चतम अंक पाएका पहिलो भएका गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिले स्वमूल्यांकनको विषयमा आ–आफ्ना अनुभव तथा सिकाइ आदानप्रदान गरेका थिए ।

हालको कार्यविधिअनुसार विभिन्न दश वटा शीर्षकमा मूल्यांकन गर्छन् । शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्यांकन गर्नुपर्ने व्यवस्था छ ।

स्थानीय तहहरूले सम्बन्धित विषयगत क्षेत्रका नीतिगत व्यवस्था, कार्यसंचालन प्रक्रिया तौरतरिका, वित्तीय अवस्था, सार्वजनिक सेवा प्रवाहको अवस्था लगायत सबै विषयगत क्षेत्रहरूमार्फत संस्थागत सबलता, सुधारात्मक पक्षहरूको पहिचान गर्न सरकारले यो प्रणाली विकास गरेको हो ।

कार्यक्रममा मन्त्री न्यौपानेले मुलुकको विकासका लागि तीन तहको सरकारले आफ्नो गति बढाउन जरुरी रहेको बताइन् । सेवा प्रवाहका सवालमा स्थानीय तहहरूले अझै धेरै काम गर्न जरुरी रहेको उनको भनाइ छ । संविधानतः संघीय सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूलाई अगाडि बढाउने, प्रदेश सरकारले विकास निर्माणका कामलाई ध्यान दिने र स्थानीय तहले सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले तीन तहको सरकारबीच आपसि सहकार्य र समन्वय गरेर अगाडि बढ्न सकेमात्र मुलुक र जनताको अवस्था परिवर्तन गर्न सकिने बताइन् । स्थानीय तहको सेवा प्रवाहको अवस्थाको मूल्याङ्कन गर्नको लागि कार्यसम्पादन मूल्याङ्कन प्रणालीको विकास गरिएको मन्त्री न्यौपानेको भनाइ छ ।

बेनीघाट रोराङ गाउँपालिकाको तर्फवाट अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक), प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरे र ईन्जिनियर प्रकाश सिलवालले सम्मान ग्रहण गरेका थिए । सम्मान प्राप्त गरे पश्चात गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले यस सम्मानको अर्थ आँफुहरुको सुशासन र नतिजामूलक कार्य सम्पादनप्रतिको प्रतिबद्धता भएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिने वताए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।