logo

पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न समिति गठन

    676   पटक पढिएको


४ फागुन/अर्थ र व्यापार – पोखरा भ्रमण वर्षको उद्घाटनको क्रममा बेलुन विष्फोटमा परी उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटनाबारे छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ ।
गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेका हुन् ।
समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धा जिल्ला काार्यालयका उपअनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य छन् ।
समितिको सदस्य सचिव कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री छन् । समितिमा एक जना विष्फोटक पदार्थ विज्ञ समेत रहने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।
छानविन समितिले आइतबारदेखि नै काम थाल्ने छ । बेलुन विस्फोट घटना के कसरी भयो भन्नेबारे विस्तृत छानविन र आगामी दिनमा यसप्रकारका कार्यक्रम गर्दा अवलम्वन गर्नुपर्ने सतर्कताका उपायसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ ।
शनिबार पोखरा प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण वर्ष उदघाटन गर्ने क्रममा हाइड्रोजन भरिएका बेलुनका झुप्पा आगोको झिल्कामा परी विष्फोट भएको थियो । त्यसमा परी अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर आचार्य घाइते भएका थिए ।
उनीहरु दुवैलाई शनिबार नै काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याएर उपचार भइरहेको छ । अहिले उनीहरुको स्वाथ्य अवस्थामा क्रमशः सुधार आइरहेको सो अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।