logo

अर्थतन्त्र सुधारकालागि सरकारले सबै उपाय अवलम्बन गरेको प्रधानमन्त्री ओलीको दावी

    964   पटक पढिएको


१८ माघ/अर्थ र व्यापार – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधारकालागि सरकारले सबै उपाय अवलम्बन गरेको दावी गरेका छन । शुक्रबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् । उनले व्यावसायिक मनोबल बढाएर उत्पादन वृद्धिका लागि अध्यादेश ल्याएको प्रष्टीकरण दिँदै संसद्बाट कानुन बनाउन कम्तीमा ५÷६ महिना लाग्ने भएकाले त्यति लामो अवधि कुर्न नसक्ने निष्कर्षमा अध्यादेश ल्याएको बताए ।
‘संसद्लाई प्रक्रियाको बन्दी बनाइन्छ, संसद्बाट कानुन बनाउन कम्तीमा पनि ५÷६ महिना लाग्छ, हामी त्यत्रो लामो समय कुर्ने अवस्थामा थिएनौं, त्यसैले अध्यादेश ल्याएका हौं,’ उनले भने । सरकारले गत २९ पुसमा ४ वटा र २ माघमा एउटा अध्यादेश ल्याएको थियो । ती अध्यादेशमार्फत २९ वटा कानुन संशोधन गरिएको छ । सुशासन प्रवर्धन र लगानीको वातावरण बनाउनका लागि अध्यादेश ल्याएको ओलीले बताए ।
उनले बजारमा मागमा कमीका साथै ऋण लगानी हुन नसकिरहेको अवस्थालाई ख्याल गरी व्यावसायिक मनोबल बढाएर उत्पादन वृद्धिका लागि अध्यादेश ल्याएको जवाफ दिए । ‘व्यवसायीले किन ऋण लगानी गरिरहेको छैन? घरजग्गा व्यवसाय किन सुस्तायो? बजारमा किन मागमा कमी आयो? यो कुरालाई हामीले नजिकबाट हेरिरहेका थियौं,’ ओलीले भने, ‘अध्यादेश जनताको सरकारले जनताका लागि गरेको काम हो।’
उनले अर्थतन्त्र सुधारका लागि सरकारले सबै उपाय अवलम्बन गरेको बताए । ‘अर्थतन्त्रमा सुधार ल्याउन जे–जे गर्न सकिन्छ सरकारले त्यो गरेको छ । निजी क्षेत्रका माग अनुसार काम गरेका छौं,’ उनले भने ।
उनले आफूले सरकारको नेतृत्व सम्हालेपछि अर्थतन्त्रका सबै सूचकमा सुधार भएको दाबीसहितको तथ्यांक पनि प्रस्तुत गरे । उनले अर्थतन्त्र चलायमान बनाउनका लागि सरकारले निर्माण व्यवसायीको ३० अर्ब रुपैयाँ फरफारक गरेको जानकारी दिए । यसैगरी, प्रधानमन्त्री ओलीले कानुन निर्माणमा संसद्ले गरेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै अब आइन्दा ६० दिनभित्र विधेयक टुंग्याउन आग्रह गर्दै ९० दिनभित्र पनि पारित नभएको अवस्थामा सरकारले वैकल्पिक व्यवस्था गर्ने बताए ।
उनले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै सरकार ढल्ने सपना नदेख्न आग्रह गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।