logo

अर्थतन्त्र सुधारकालागि सरकारले सबै उपाय अवलम्बन गरेको प्रधानमन्त्री ओलीको दावी

    680   पटक पढिएको


१८ माघ/अर्थ र व्यापार – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधारकालागि सरकारले सबै उपाय अवलम्बन गरेको दावी गरेका छन । शुक्रबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् । उनले व्यावसायिक मनोबल बढाएर उत्पादन वृद्धिका लागि अध्यादेश ल्याएको प्रष्टीकरण दिँदै संसद्बाट कानुन बनाउन कम्तीमा ५÷६ महिना लाग्ने भएकाले त्यति लामो अवधि कुर्न नसक्ने निष्कर्षमा अध्यादेश ल्याएको बताए ।
‘संसद्लाई प्रक्रियाको बन्दी बनाइन्छ, संसद्बाट कानुन बनाउन कम्तीमा पनि ५÷६ महिना लाग्छ, हामी त्यत्रो लामो समय कुर्ने अवस्थामा थिएनौं, त्यसैले अध्यादेश ल्याएका हौं,’ उनले भने । सरकारले गत २९ पुसमा ४ वटा र २ माघमा एउटा अध्यादेश ल्याएको थियो । ती अध्यादेशमार्फत २९ वटा कानुन संशोधन गरिएको छ । सुशासन प्रवर्धन र लगानीको वातावरण बनाउनका लागि अध्यादेश ल्याएको ओलीले बताए ।
उनले बजारमा मागमा कमीका साथै ऋण लगानी हुन नसकिरहेको अवस्थालाई ख्याल गरी व्यावसायिक मनोबल बढाएर उत्पादन वृद्धिका लागि अध्यादेश ल्याएको जवाफ दिए । ‘व्यवसायीले किन ऋण लगानी गरिरहेको छैन? घरजग्गा व्यवसाय किन सुस्तायो? बजारमा किन मागमा कमी आयो? यो कुरालाई हामीले नजिकबाट हेरिरहेका थियौं,’ ओलीले भने, ‘अध्यादेश जनताको सरकारले जनताका लागि गरेको काम हो।’
उनले अर्थतन्त्र सुधारका लागि सरकारले सबै उपाय अवलम्बन गरेको बताए । ‘अर्थतन्त्रमा सुधार ल्याउन जे–जे गर्न सकिन्छ सरकारले त्यो गरेको छ । निजी क्षेत्रका माग अनुसार काम गरेका छौं,’ उनले भने ।
उनले आफूले सरकारको नेतृत्व सम्हालेपछि अर्थतन्त्रका सबै सूचकमा सुधार भएको दाबीसहितको तथ्यांक पनि प्रस्तुत गरे । उनले अर्थतन्त्र चलायमान बनाउनका लागि सरकारले निर्माण व्यवसायीको ३० अर्ब रुपैयाँ फरफारक गरेको जानकारी दिए । यसैगरी, प्रधानमन्त्री ओलीले कानुन निर्माणमा संसद्ले गरेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै अब आइन्दा ६० दिनभित्र विधेयक टुंग्याउन आग्रह गर्दै ९० दिनभित्र पनि पारित नभएको अवस्थामा सरकारले वैकल्पिक व्यवस्था गर्ने बताए ।
उनले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै सरकार ढल्ने सपना नदेख्न आग्रह गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।