logo

जनकपुरधाममा ’एडिबी–नेपाल साझेदारीका पाँच दशक’ विषयक फोटो प्रदर्शनी सुरु

    788   पटक पढिएको


२८ मंसिर/अर्थ र व्यापार – मधेस प्रदेशको राजधानी जनकपुरधाममा एसियाली विकास बैंक (एडिबी) र नेपाल सरकारको साझेदारीमा उर्जा क्षेत्रको विकासलाई दर्शाउने विशेष फोटो प्रदर्शनी सुरु भएको छ। महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजित प्रदर्शनीको उद्घाटन मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले गरेका छन्। प्रदर्शनीमा उर्जा क्षेत्रको ऐतिहासिक तथा यथार्थपरक विकासलाई चित्रण गर्ने ५० आकर्षक तस्वीर समावेश गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री यादवले मधेस प्रदेशको आर्थिक र सामाजिक विकासमा एसियाली विकास बैंकको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे। उनले भने, “उर्जाको क्षेत्रमा एडिबीको लगानीले मधेसका जनताको जीवनस्तर उकास्न ठूलो भूमिका खेलेको छ। आगामी दिनमा मधेस प्रदेशका अन्य विकास परियोजनामा एडिबीसँग सहकार्य गर्न हामी प्रतिबद्ध छौं।“

जनकपुर उपमहानगरपालिकाका उपप्रमुख किसोरी साहले प्रदर्शनीले जनकपुरलगायत मधेस प्रदेशमा विद्युतिकरण र सामाजिक परिवर्तनका उपलब्धिलाई दर्साएको बताउँदै नगरवासीलाई प्रदर्शनी हेर्न आग्रह गरे। “यसले हाम्रो उर्जा क्षेत्रको सफलतालाई नजिकबाट बुझ्न सहयोग पु¥याउनेछ,“ उनले भने।

नेपाल विद्युत प्राधिकरणका उप–प्रवन्ध निर्देशक तारा प्रसाद प्रधानले देशभरको विद्युतिकरणमा एसियाली विकास बैंकको सहकार्यले उल्लेखनीय प्रगति हासिल भएको बताए। “उर्जाको विकासले आम जनताको आर्थिक स्थिति सुधार्ने मात्र होइन, देशको समग्र विकासलाई अघि बढाउने बलियो आधार तयार गरेको छ,“ प्रधानले थपे।

नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मोनिका झाले प्रदर्शनीले विद्युत विकासका विभिन्न पक्षलाई उजागर गर्दै समाजका सबै तहलाई छुने खालको भएको धारणा व्यक्त गरिन्। उनले भनिन्, “उर्जा क्षेत्रको विकासमा एडिबीको योगदानका दृष्टान्तहरू अध्ययन गर्न यो प्रदर्शनी प्रभावकारी छ।“

फोटो पत्रकार क्लबका अध्यक्ष द्वारिका काफ्लेले प्रदर्शनीको उद्देश्य नेपालको उर्जा क्षेत्रमा भएका प्रगतिहरूलाई दृश्यात्मक माध्यमबाट सर्वसाधारणसम्म पु¥याउनु रहेको बताए। उनले भने, “लोडसेडिङको समस्याबाट मुक्त भएको नेपाल निर्माण गर्न एडिबीको भूमिका ऐतिहासिक छ। यो प्रदर्शनीले अध्ययन र अनुसन्धानकर्ताका लागि उपयोगी सामग्री उपलब्ध गराउनेछ।“

एसियाली विकास वैकले नेपालको उर्जा क्षेत्रको उत्पादन ,वितरण र प्रसारणमा गरेको सहयोगले नेपालको समग्र आर्थिक सामाजिक विकासमा पुगेको योगदानलाई यस प्रदशनीले तस्विर मार्फत समेटेको छ । नेपालमा विगतमा १८ घण्टा सम्म रहेको लोडसेटिड अत्यगरी उज्यालो नेपाल बनाउन एडिवीले गरेको योगदान र भुमिका कस्तो थियो भनेर अध्यन र अनुसन्धान गर्न समेत यो प्रदशनी उपयोगी हुने विश्वास लिएको काफ्लेको भनाई थियो । फोटो प्रदर्शनी उत्पादन,प्रसारण,वितरण र यिबोन्ड द मिटर गरी ४ भागमा विभाजन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।