logo

पैसा नतिरेपछि नेपालमा चल्ने सबै भारतीय च्यानल काटियो, ७४ च्यानल आजदेखि बन्द

    803   पटक पढिएको


१७ साउन/अर्थ र व्यापार – केवल टेलिभिजनहरुले पैसा पठाउन नसकेका कारण बिहीबारदेखि नेपालमा चल्ने सबै भारतीय च्यानल काटिएको छ ।
सरकारले टेलिभिजन हेरेअनुसाको शुल्क लाग्ने व्यवस्था (अलाकार्ट)लागू गरेको र कार्यविधि बनाउन गरेको ढिलाइका कारण टेलिभिजनहरुले पैसा पठाउन नसकेका कारण सबै भारतीय च्यानल काटिएको छ ।
केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीका अनुसार नेपालले सेवा प्रयोग गरेवापत तिर्नुपर्ने शुल्क तिर्न नसकेका कारण भारतका मुख्य चार टिभी च्यानल प्रसारण कम्पनीहरु स्टार, सोनि, जी र कलर्सबाट आउने सबै च्यालन बन्द भएको छ ।
सरकारले टेलिभिजन हेर्नका लागि अलाकार्ट सिस्टम लगाएपछि त्यसको कार्यान्वयनमा जाँदा कुनले कति पैसा तिर्नुपर्ने, कति पैसा लाग्यो भन्ने विषयमा स्पष्ट पार्ने कार्यविधि बन्न नसकेको कारण सबै च्यानल काटिएको हो ।
भारतीय चारवटा च्यानलमा स्टारको ३२ वटा, सोनीको १८ वटा, कलरको ८ वटा जीको १२ वटा च्यानल आउँथ्यो त्यो सबै काटिएको महासंघका अध्यक्ष पराजुलीले जानकारी दिए । यसरी काटिएका च्यानल करीब ७४ वटा छन् ।
उनका अनुसार टेलिभिजन सञ्चालकले पैसा तिरिहेको भएपनि डिस्ट्रिव्युटरले सटही सुविधा नपाउँदा पैसा बाहिर लैजान नपाएको कारण टेलिभिजन च्यानल बन्द भएको पराजुलीले जानकारी दिए ।
टेलिभिजिन ड्रिस्टिव्यूटर्सले पठाउने पैसासम्बन्धि कार्यविधि बनाउन सञ्चार मन्त्रालयले गरेको ढिलाइसको शिकार नेपाली टेलिभिजन सेवाप्रदायक हुन पुगेका हुन । ड्रिस्टिव्यूटर्सले एक वर्षदेखि पैसा पठाउन सकेका छैनन् । सरकारले पैसा पठाउने आधार तय नगरिदिएको कारण अहिले समस्या आएको उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।