logo

अर्थसचिवमा रामप्रसाद घिमिरे, राजस्व सचिवको जिम्मेवारी दिनेश घिमिरेलेलाई

    926   पटक पढिएको


१५ साउन/अर्थ र व्यापार – अर्थ सचिवमा डा.रामप्रसाद घिमिरे बढुवा भएका छन् । सोमबारको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई अर्थसचिव बनाएको हो । राजस्व सचिव घिमिरेले पूर्व अर्थमन्त्रीहरु प्रकाशशरण महत, पुर्वअर्थमन्त्री वर्षमान पुनसँगका काम गरिसकेका छन् । उनलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चौथो पटक मन्त्री बन्दा राजस्व सचिव बनाएका थिए ।
अर्थ सचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । राजस्व रहेका घिमिरे अर्थ सचिवमा बढुवा भएसँगै उनको स्थानमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव दिनेश घिमिरेले जिम्मेवारी पाएका छन् । अर्थ मन्त्रालयमा अर्थसचिवलाई सिनियर र राजस्व सचिवलाई जुनियर मानिन्छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले एकै पटक यतिधेरै संख्यामा सचिवहरु हेरफेर गरेको हो । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ । रामेश्वर दंगाल अख्तियार दुरुपयोग अनुसनधान आयोगबाट रक्षा सचिवको नेतृत्वमा पुगेका छन् । श्रम रोजगार तथा समाजिक सुरक्षा सचिवमा मुकुन्द निरौला आइपुगेका छन् । निरौला यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव थिए ।
यस्तै, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालाई वित्त आयोगमा सरुवा गरिएको छ । लोकसेवा आयोगमा डिल्लीराम शर्मा र सूचना तथा सञ्चार सचिवमा राधिका अर्याल पुगेकी छिन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई ऊर्जा मन्त्रालय सरुवा गरिएको छ ।
जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्मा बिडारीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तानिएको छ । जल तथा ऊर्जा आयोगको सचिवमा प्रमिला बज्रचार्यलाई सरुवा गरिएको छ ।
राष्ट्रपतिको कार्यालयमा नारायण प्रसाद दुवाडीले जिम्मेवारी पाउँदा राजकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको सचिवमा मधुसुदन बुर्लाकोटी र सार्वजनिक खरिद कार्यालयमा रामकृष्ण सुवेदीले जिम्मेवारी पाएका छन् । संघीय मामिला सचिवमा भरत सुवेदी र वित्त आयोगमा किरणराज शर्मा पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।