logo

समृद्धि बहस मेगा टक शो सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

    1016   पटक पढिएको

१० असार/ अर्थ र व्यापार- प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा आयोजना गर्ने समृद्धि बहस मेगा टक शो सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएको छ । सोमवार प्वाईन्ट मिडियाका प्रबन्ध निर्देशक नविन काफ्ले र सगरमाथा टेलिभिजनका चिफ मार्केटिङ अफिसर दिलिप तामाङले मिडिया पार्टनर तथा प्रत्यक्ष प्रशारण सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल गराउने उद्देश्यले मेगा टक शो आयोजना गर्न लागिएको प्वाईन्ट मिडियाका प्रवन्ध निर्देशक नविन काफ्लेले वताए ।

मेगा टक शो मा विभिन्न चारवटा सेसनमा विषय विज्ञ, सरकारी निकाय तथा निजी क्षेत्रका प्रतिष्ठित व्यवसायी र व्यवसायीक संस्थाका नेतृत्वकर्ताहरुले आ–आफ्ना धारणा राख्ने काफ्लेले वताए । ‘बजारमा देखिएको सुस्त आर्थिक गतिविधीलाई बढावा दिन, निजी क्षेत्रको मनोवल उकास्न तथा दीर्घकालिन रुपमा आवश्यक पर्ने नीतिगत सुधारका निम्ति यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ’ प्रवन्ध निर्देशक काफ्लेले भने ।

त्यसैगरी, नेपालको अर्थतन्त्रका महत्वपूर्ण क्षेत्रहरु तथा समृद्धिका आधार क्षेत्रहरुको प्रवर्धन र ति क्षेत्रमा देखा परेका विविध समस्याहरुको समाधानका लागि प्रेरित गर्दै नयाँ–नयाँ सम्भावनाहरुको खोजी गर्न यो कार्यक्रमले महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको उनले बताए । त्यसका साथै कतिपय क्षेत्रमा भएका सकारात्मक र उदाहरणीय कार्यहरुलाई समेत यस कार्यक्रमले प्रोत्साहन गर्ने अपेक्षा रहेको उनले वताए ।

प्वाईन्ट मिडियाले अर्थ र व्यापार साप्ताहिक, अर्थ व्यापार डटकम अनलाइन तथा समृद्धि बहस टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । यस कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरु, विभिन्न दलका नेताहरु तथा सांसदहरु, उच्चपदस्थ सरकारी कर्मचारीहरु, निजी क्षेत्रका विभिन्न संघ संस्थाका नेतृत्वहरु, व्यवसायीक प्रतिष्ठानका प्रमुखहरु, बैंक वित्तिय संस्था तथा विमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु, व्यवसायीहरु तथा संचारकर्मीहरुको सहभागिता रहने छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।