logo

व्यापारी नरेश अग्रवालसहित ४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा २८ करोड रुपैयाँ बिगोसहित मुद्दा

    964   पटक पढिएको


६ चैत/अर्थ र व्यापार – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यापारी नरेश अग्रवालसहित चार जनाविरुद्ध अभियोग पत्रदायर गरेको छ।
विशेष अदालतमा व्यापारी नरेश अग्रवाल, दीपक शाह ठकुरी, मनमोहन साह कलवार र दिवश कार्की विरुद्ध मुद्दा दायर भएको हो। उनीहरू चार जना विरुद्ध फरक फरक विगो र सजाय दाबी सहित अभियोग पत्र दायर भएको हो।
हुन्डीको कारोबार गरेको आरोपमा माघ ४ गते भने राजस्व अनुसन्धानबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर १७ क्षेत्रपाटीबाट अग्रवाललाई पक्राउ गरेको थियो। उनी बस्ने घरको कोठाबाट राजस्वको टोलीले प्रहरीले १ करोड ९९ हजार रुपैयाँ बरामद ग¥यो। त्यस्तै १ हजार ९९४ अमेरिकी डलर समेत फेला पारेको थियो।
अग्रवालसँग ८ करोड ६२ लाख ८५ हजार १५२ रुपैयाँ विगो दाबी गरिएको छ।

अग्रवालका नाममा रहेको बा १९ च १०१७ को होन्डा जिप समेत सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३४ को उपदफा (१) को खण्ड (क) बमोजिम जफत गर्न अनुरोध गरिएको छ।
यसैगरी, अर्का प्रतिवादी दिवश कार्कीको हकमा ७ करोड १२ लाख २० हजार २९२ रुपैयाँ विगो माग गरिएको छ। दीपक शाह ठकुरीको हकमा भने ८ करोड ८२ लाख ३९ हजार ५६५ रुपैयाँ विगो माग छ। मनमोहन साह कलवारसँग पनि ३ करोड ७५ लाख २९ हजार ८१५ रुपैयाँ विगो रहेको छ।
अग्रवालको आदेशमा नै अन्य तीन जनाले हुन्डीको कारोबार गरेको देखिएको हो। उनले बरामद भएको रकम सापटी दिएकाले फिर्ता गरेको बताएका छन्। तर, अनुसन्धानको क्रममा उनको स्रोत खुलेको छैन।
राजस्व अनुसन्धान विभागले विदेशी विनिमयको अवैध कारोबारमा जिल्ला अदालतले १ करोड २५ लाख बिगो माग गर्दै मुद्दा दायर गरेको थियो। फागुन १५ गते अदालतले १ करोड २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो।
त्यसपछि सम्पत्ति शुद्धीकरण समातेर थप अनुसन्धान गरेको हो। अग्रवाल भारतीय नागरिक हुन्। उनको छोराको नाममा काठमाडौंको बौद्धमा पसल रहेको छ । तर, उनको नाममा भने कुनै पनि व्यापारिक संस्था भएको देखिदैंन।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।