logo

नवनियुक्त मन्त्रीहरुले लिए शपथ, सरकारको प्रवक्तामा रेखा शर्मा नै दोहोरिन्

    948   पटक पढिएको


२४ फागुन/अर्थ र व्यापार – सत्ता समीकरण परिवर्तनसँगै नयाँ मन्त्रीहरूको शपथ बुधबार साँझ नै भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित यस नयाँ मन्त्रिमण्डलमा पनि सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) बाट भने अधिकांश पुरानै मन्त्रीले शपथ लिएका छन्। प्रधानमन्त्री दाहाल नेतृत्वको मन्त्रीमण्डलमा तीन जना उपप्रधानमन्त्रीले शपथ लिएका छन्।
उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्ने गरी नेकपा (एमाले) का रघुवीर महासेठले शपथ लिए । महासेठलाई प्रधानमन्त्री दाहालपछिको वरीयताक्रम दिइएको छ।
यसैगरी, उपप्रधान तथा परराष्ट्र मन्त्रीमा नारायणकाजी श्रेष्ठले शपथ लिएका छन्। श्रेष्ठ गृहबाट परराष्ट्रमा पुगेका हुन्। उपप्रधानसहित गृहमा रवि लामिछानेले शपथ लिएका छन्। गृहमा लामिछानेको यो दोस्रोपटको प्रवेश हो।
यस्तै, शपथ लिने अन्य मन्त्रीमा राजेन्द्रकुमार राई –खानेपानी, पदम गिरी –कानुन न्याय तथा संसदीय मामिला, बलराम अधिकारी –भूमि व्यवस्था, दामोदर भण्डारी –उद्योग वाणिज्य तथा आपूर्ति, भगवती चौधरी –महिला बालबालिका , रक्षामा हरिप्रसाद उप्रेती र कृषिमा ज्वालाकुमारी साहले शपथ लिएका छन्।
त्यसैगरी, अर्थमा वर्षमान पुन, ऊर्जामा शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचनाप्रविधीमा रेखा शर्मा , संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा हितबहादुर तामाङले शपथ लिएका छन् । पुन र तामाङ बाहेक माओवादीले अन्य सबै मन्त्री दोहो¥याएको हो।
यस्तै, शिक्षामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा मन्त्रिमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा, विराजभक्त श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रिमा डीपी अर्यालले शपथ लिएका छन्। सुमना र विराज पहिलो पटक मन्त्री बनेका हुन्।
यस्तै, एकिकृत समाजवादी पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासनमा भानुभक्त जोशी र सहरी विकासमा धनबहादुर बुढाले मन्त्रीको शपथ लिएका छन्। अझै यो मन्त्रिमण्डलमा जसपाबाट उपेन्द्र यादव लगायत थप केही मन्त्रि बन्दै छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।