logo

लेखा समितिद्धारा एनजीओ/आइएनजीओको पैसामा काम नगर्न संसद् र सरकारलाई निर्देशन

    155   पटक पढिएको


१५ फागुन/अर्थ र व्यापार – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले संसद् र सरकारी निकायलाई एनजीओ÷आइएनजीओको पैसामा काम गर्ने परिपाटी बन्द गर्न निर्देशन दिएको छ।
संसद् सचिवालयले नै आइएनजीओको पैसामा कार्यक्रम गरी सांसदहरुलाई भत्ता बाँड्नेदेखि अन्य लाभ दिलाउँदै आएकामा लेखा समितिले आइन्दा त्यसलाई रोक्न भनेको हो। सांसद र सरकारी कर्मचारीमा आइएनजीओको पैसा विदेश घुम्न जाने प्रवृत्ति पनि छ भन्दै समितिले यस्तो निर्देशन दिएको हो ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारका पदाधिकारीले एनजीओ/आइएनजीओको खर्चमा विदेश भ्रमण गरेकोबारे ३० दिनभित्र जानकारी गराउन निर्देशन दिएको छ । समितिले समाज कल्याण परिषद्को उपाध्यक्ष खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आफ्ना भतिजा अनिलराज पौडेललाई उपाध्यक्ष बनाउन दबाब दिइरहेको समाचार आइरहेका बेला समितिले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने व्यवस्था गर्न मंगलबार निर्देशन दिएको हो।
परिषद्मा अहिले उपाध्यक्षको पद रिक्त छ । अनिलराजले उपाध्यक्षमा आफूलाई नियुक्त गर्न माग गर्दै गत २६ माघमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यलाई पत्र लेखेकामा आचार्यले २९ माघमा प्रक्रिया अघि बढाउन तोक लगाएका थिए।
मन्त्री आचार्य राष्ट्रपति पौडेल निकट मानिन्छन्। उनी परिषद्का अध्यक्ष हुन्। यसअघिका मन्त्रीले आफ्ना नातागोता र कार्यकर्ता बाहेकलाई उपाध्यक्ष नियुक्त गरेको उदाहरण छैन।
समितिले समाज कल्याण परिषद् सम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पारी तत्काल संसद्मा ल्याउन, एनजीओ÷आइएनजीओ सञ्चालनको मापदण्ड तय गर्न, एनजीओ÷आइएनजीओको लेखा परीक्षणको अनुगमन र मूल्यांकन परिषद्ले गर्ने व्यवस्था हटाउन र परिषद्को भौतिक सम्पत्तिको विस्तृत विवरणसहितको श्वेतपत्र जारी गर्न निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।