logo

लेखा समितिद्धारा एनजीओ/आइएनजीओको पैसामा काम नगर्न संसद् र सरकारलाई निर्देशन

    928   पटक पढिएको


१५ फागुन/अर्थ र व्यापार – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले संसद् र सरकारी निकायलाई एनजीओ÷आइएनजीओको पैसामा काम गर्ने परिपाटी बन्द गर्न निर्देशन दिएको छ।
संसद् सचिवालयले नै आइएनजीओको पैसामा कार्यक्रम गरी सांसदहरुलाई भत्ता बाँड्नेदेखि अन्य लाभ दिलाउँदै आएकामा लेखा समितिले आइन्दा त्यसलाई रोक्न भनेको हो। सांसद र सरकारी कर्मचारीमा आइएनजीओको पैसा विदेश घुम्न जाने प्रवृत्ति पनि छ भन्दै समितिले यस्तो निर्देशन दिएको हो ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारका पदाधिकारीले एनजीओ/आइएनजीओको खर्चमा विदेश भ्रमण गरेकोबारे ३० दिनभित्र जानकारी गराउन निर्देशन दिएको छ । समितिले समाज कल्याण परिषद्को उपाध्यक्ष खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आफ्ना भतिजा अनिलराज पौडेललाई उपाध्यक्ष बनाउन दबाब दिइरहेको समाचार आइरहेका बेला समितिले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने व्यवस्था गर्न मंगलबार निर्देशन दिएको हो।
परिषद्मा अहिले उपाध्यक्षको पद रिक्त छ । अनिलराजले उपाध्यक्षमा आफूलाई नियुक्त गर्न माग गर्दै गत २६ माघमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यलाई पत्र लेखेकामा आचार्यले २९ माघमा प्रक्रिया अघि बढाउन तोक लगाएका थिए।
मन्त्री आचार्य राष्ट्रपति पौडेल निकट मानिन्छन्। उनी परिषद्का अध्यक्ष हुन्। यसअघिका मन्त्रीले आफ्ना नातागोता र कार्यकर्ता बाहेकलाई उपाध्यक्ष नियुक्त गरेको उदाहरण छैन।
समितिले समाज कल्याण परिषद् सम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पारी तत्काल संसद्मा ल्याउन, एनजीओ÷आइएनजीओ सञ्चालनको मापदण्ड तय गर्न, एनजीओ÷आइएनजीओको लेखा परीक्षणको अनुगमन र मूल्यांकन परिषद्ले गर्ने व्यवस्था हटाउन र परिषद्को भौतिक सम्पत्तिको विस्तृत विवरणसहितको श्वेतपत्र जारी गर्न निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।