logo

२८ र २९ फागुनमा लुम्बिनीमा अन्तर्राष्ट्रिय शिखर सम्मेलन हुँदै

    896   पटक पढिएको


१४ फागुन/अर्थ र व्यापार – भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आगामी २८ र २९ फागुनमा हुने बालबालिकाको विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय शिखर सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ ।
लरिएट्स एन्ड लिडर्स नाम दिइएको शिखर सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल पुरस्कार विजेतासहित उच्च पदस्थ विदेशीहरु लुम्बिनी आउने छन् । सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीको संयोजनमा शिखर सम्मेलन हुन लागेको हो । सत्यार्थीसँग प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको लामो समयदेखि मित्रता भएकाले उनकै साथ लिएर शिखर सम्मेलन गर्न थालिएको हो ।
विश्वमा हालसम्म तीनवटा यस्ता शिखर सम्मेलन भएकाले यो चौथो शिखर सम्मेलन हुने प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले बताए । केसीका अनुसार शिखर सम्मेलनमा ९ जना नोबेल पुरस्कार विजेतासहित २० जना अति विशिष्ट व्यक्तिहरू बालबालिका र शान्ति क्षेत्रका विज्ञ, विकास साझेदार, प्राज्ञिक सम्मेलनमा सहभागी हुन आउने छन् ।
‘अहिलेसम्म नोबेल पुरस्कार विजेता ९ जना र २० जना अति विशिष्ट व्यक्तिहरू, विकास साझेदार तथा नेपालका सरकारी निकाय,नागरिक समाज र निजी क्षेत्रका २ सय जनाको सहभागिता हुने निश्चित भएको छ’ उपाध्यक्ष डा. केसीले भने ।
‘हामी तयारीमै केन्द्रित छौं, कतिपय कानुनी अड्चन पनि भएकाले काम गर्न ढिलाई भएको छ, एक दुई दिनमै शिखर सम्मेलनबारे विस्तृत विवरण जानकारी गराउने छौं,’ प्रदेश योजना आयोगको ब्यानरमा शिखर सम्मेलन हुने उपाध्यक्ष केसीले बताए ।
प्रदेश सरकारले शिखर सम्मेलनका लागि चालु आर्थिक वर्षको बजेटमा ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता टिमोर लेस्टेका पूर्वराष्ट्रपति जोजे रामोस ओर्टा, जोडी विलियम्स, २०११ का संयुक्त विजेता लेहम बोबी र टुवाको कम्र्यान, सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता अब्देस सतार वेन मौसा र विदेद बुसामाबुई तथा चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस,रसायन शास्त्रका नोबेल विजेता एरी वार्सल सहभागी हुने तय भएको उपाध्यक्ष .केसीले जानकारी दिए ।

सम्मेलनमा जोर्डनका राजकुमार अली विन अल हुसेन, अर्थशास्त्री जेफ्री स्याक्स, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टि च्युटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङ समेत सहभागि हुने केसीले जानकारी दिए ।
बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गरी विश्वभर चिनाउने र लुम्बिनीको विकासको लागि साझेदारहरूको ध्यान आकषिर्त गर्न प्रदेशमा मात्र नभई नेपालकैे ठूलो शिखर सम्मेलन भएको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए । शिखर सम्मेलनमार्फत् लुम्बिनीको ‘ब्रान्डिङ’ गर्न सके लगानीका लागि दातृ निकायहरू लुम्बिनी खोज्दै आउने र लुम्बिनीबाटै मुलुकको आर्थिक विकास सम्भव हुने मुख्यमन्त्री चौधरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।