logo

अख्तियारद्धारा भीम उपाध्याय, रुद्र सिंह तामाङ सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

६ अर्ब ७३ करोड ७१ लाख ४० हजार रुपैयाँ बिगो कायम

    1087   पटक पढिएको


७ फागुन/अर्थ र व्यापार – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना पूर्व सचिव सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो। मुद्दामा पूर्व सचिवहरू भीम उपाध्याय, गजेन्द्र ठाकुर र सञ्जय शर्मालाई प्रतिवादी बनाइएको छ।

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियारले ६ अर्ब ७३ करोड ७१ लाख ४० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ। यसमा चार पूर्वसचिव र बहालवाला सहसचिव मुछिएका छन्। अख्तियारले तत्कालीन खानेपानी सचिव भीमप्रसाद उपाध्याय, गजेन्द्र ठाकुर र डा. सञ्जयप्रसाद शर्मा तथा तत्कालीन सहसचिव मुकुन्दप्रसाद पौडेल र हालका सहसचिव रुद्र सिंह तामाङ लगायतविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
शर्मा र पौडेलविरुद्ध ६ करोड ९७ लाख ८३ हजार १७८, उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २७९ र ठाकुरविरुद्ध ६० करोड ४९ लाख १९ हजार ८८४ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो।
यस्तै, अध्यागमन विभागका महानिर्देशक तामाङविरुद्ध ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष तथा सदस्यका रुपमा ठेकेदार कम्पनीलाई बढी रकम भुक्तानी दिने निर्णय गरेको अभियोग लगाइएको छ।
आयोजनाको निर्माण व्यवसायी सीएमसी दि रिभानालाई रनिङ बिलमा काम नै नगरी भुक्तानी गरेको, पछिल्लो निर्माण कम्पनीले छाडेर गएको मेसिन तथा अन्य सामग्री निर्माण व्यवसायी सीएमसीले प्रयोग गरेबापतको भाडा शल्क कट्टा नगरी भुक्तानी गरेको, पछिल्लो बिलबाट समायोजन गर्ने भनिएको बढी भुक्तानी रकम पछाडिका बिलमा समेत समायोजन नगरेको आरोप लगाइएको छ।
उपाध्याय, शर्मा र ठाकुर खानेपानी मन्त्रालयको तत्कालीन सचिवका रुपमा बोर्ड अध्यक्ष तथा पौडेल अर्थ मन्त्रालयको तत्कालीन सहसचिवका रुपमा बोर्ड सदस्य थिए। पौडेलले सचिवमा बढुवा पाएर अवकाश पाएका थिए। बोर्ड सदस्यका रुपमा निर्णय प्रक्रियामा सहभागी तामाङ अख्तियारले मुद्दा दायर गरेसँगै निलम्बनमा परेका छन्।
अख्तियारले मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य चन्द्रबहादुर थापाविरुद्ध ७१ करोड ५८ लाख ३७ हजार ६४३, तत्कालीन कार्यकारी निर्देशकहरु घनश्याम भट्टराईविरुद्ध २२ करोड ७५ लाख १९ हजार ८९६, रामचन्द्र देवकोटाविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६६३ र सुर्यराज कँडेलविरुद्ध ८९ करोड ८ लाख ९८ हजार २८५ रुपैयाँ बिगो कायम गरी सजाय माग गरेको छ।
आयोजनाका लेखातर्फका तत्कालीन उपसचिव मणिभद्र न्यौपाने र बेगनाथ पौडेल, तत्कालीन लेखा अधिकृत रामचन्द्र न्यौपाने र तत्कालीन उपकार्यकारी निर्देशक भोजबिक्रम थापाविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।

यस्तै, आयोजनाका लेखातर्फका तत्कालीन उपसचिव केदारप्रसाद अर्यालविरुद्ध ४४ करोड ७३ लाख ७३ हजार ७२ रुपैयाँ बिगो र सोही बराबर जरिवाना तथा कैद सजाय माग गरिएको छ। निर्माण कम्पनी सीएमसी दि रिभानाविरुद्ध ६५ करोड १४ लाख ५७ हजार ४१०, परार्शदाता कम्पनीविरुद्ध ८७ करोड ५८ लाख ८३ हजार ३६० र परार्शदाता कम्पनीका तत्कालीन डेपुटी टिम लिडर शिवकुमार शर्माविरुद्ध ४८ करोड ३६ लाख ७ हजार ५८० रुपैयाँ बिगो कायम गरी बिगो र सोही बराबर जरिवानाको माग गरिएको छ।

अख्तियारले मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्द पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेललाई समेत प्रतिवादी बनाएको हो। त्यस्तै, अख्तियारले चन्द्रबहादुर थापा, मणिचन्द्र न्यौपाने, रामचन्द्र न्यौपाने, वेगनाथ पौडेल, केदारप्रसाद अर्याल, भोजविक्रम थापा, शिवकुमार शर्मा, परामर्शदाता इप्तिसा सर्भिसेज डी इन्जिनीयरिङ एसएल र बीईटीई कन्सल्टिङ सर्भिसेज लिमिटेड जेभी र निर्माण व्यवसायी सीएमसी डी रभेनालाई पनि प्रतिवादी बनाएको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।