logo

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित, सहकारीमा बचतबारे पुरानै व्यवस्था

    1108   पटक पढिएको


२४ माघ/अर्थ र व्यापार – सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकले विधेयक बहुमतले पारित भएको हो। सत्तारुढ दलका सांसदका साथै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु पनि विधेयकको पक्षमा उभिएका छन्।
सभामुख देवराज घिमिरेले विधेयक निर्णयार्थ प्रस्तुत गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलका सांसदले भने विपक्षमा मत जाहेर गरे ।
सरकारले एक वर्षअघि अर्थात गत २७ माघमा विधेयक संसद्मा दर्ता गराएको थियो । त्यसको तीन महिनापछि बल्ल समितिमा पुगेको थियो। समितिले पनि आफूकहाँ प्राप्त भएको तीन महिनापछि बल्ल ११ सदस्यीय उपसमिति गठन गरेर दफाबार छलफल अगाडि बढाएको थियो ।
उपसमितिले १२ मन्त्रालयका अधिकारी र विषय विज्ञ तथा संशोधनकर्ता सांसदसँग १२ वटा बैठकमा छलफल गरी प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदन गत असोज २५ गते प्रतिनिधि सभाको बैठकमा पेस गरिएको थियो।
सरकारले कालो धन सहकारीमा बचत गर्ने क्रम बढेको निष्कर्षमा विधेयकमा २५ लाखको सीमा प्रस्ताव गरेकामा एमालेका सांसदहरुको अरुचीमा समितिले त्यो प्रस्ताव हटाएर प्रतिवेदन तयार पारेको थियो।
यही संशोधन प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेको हो। क्यासिनो सञ्चालनका लागि ५ किलोमिटरको दूरी तोक्ने र क्यासिनो सञ्चालनको इजाजतपत्रप्राप्त व्यक्तिले ग्राहकबाट करबापत कट्टा गरिएको रकम कट्टा भएकै दिन राजस्व खातामा जम्मा गर्नु पर्ने व्यवस्था प्रतिनिधि सभाबाट पारित भएको छ।
पारित विधेयक अनुसार कुनै पनि कम्पनीले एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न पाउने छैनन्। एकभन्दा बढी क्यासिनो सञ्चालन गर्नेलाई कुनै एक रोज्न २०८१ चैतसम्मको समय दिइने छ । सरकारले १९ वटा कानुन संशोधनका लागि विधेयक ल्याएको थियो। यो विधेयक अब राष्ट्रिय सभामा जानेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।