logo

महानगरपालिकाको निर्णयविरूद्ध व्यवसायीको प्रदर्शन आज पनि,निर्णय फिर्ता नलिए निरन्तर आन्दोलन गर्ने चेतावनी

    1000   पटक पढिएको

१० माघ/अर्थ र व्यापार – काठमाडौं महानगरपालिकाले न्युरोड र खिचापोखरी क्षेत्रमा गरेको ‘नो पार्किङ’ विरुद्ध व्यवसायीले बुधबार पनि आन्दोलन जारी राखेका छन् ।
मंगलबारदेखि महानगरपालिकाले न्युरोड क्षेत्रका कालोपत्रे सडकमा पार्किङ निषेध गरेको थियो । त्यसले व्यवसायमा असरपर्ने भन्दै महानगरविरुद्ध मंगलबार पनि व्यवसायीले आन्दोलन गरेका थिए ।
आर्थिक मन्दीका बेला व्यवसायीलाई मारपर्ने किसिमले ‘नो पार्किङ’ गरेको भन्दै व्यवसायीले आफ्ना सपलका सटरहरु नै बन्द गरेर आन्दोलनमा उत्रिए पनि महानगर प्रहरीले सडकमा रोकेका सवारीसाधन उठाएको थियो ।
महानगरले यो निर्णय फिर्ता नलिए निरन्तर आन्दोलन गर्ने चेतावनी व्यवसायीको छ । महानगर प्रहरीबल प्रमुख राजुनाथ पाण्डेले धर्मपथ, जुद्ध शालिक, इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा सवारीसाधन अब पार्किङ गर्न नपाइने बताए ।
महानगरपालिकाले न्युरोडमा रहेको व्यावसायिक मलबाहेक रत्नपार्कस्थित पुरानो बसपार्कमा निर्मार्णाधिन काठमाडौं टावरमा निःशुल्क पार्किङको विकल्प दिएको छ । महानगरपालिकाले केही समयपछि सुन्धाराको धरहरास्थित तीनतले भूमिगत पार्किङ र काठमाडौं मलको भुइँतलामा पनि पार्किङ खोल्ने भन्दै हाललाई बानी नपरुन्जेल विरोध हुने दाबी गर्दै आएको छ ।
महानगरपालिकाले यसअघि दरबारमार्गमा पनि पार्किङ निषेध गरिसकेको छ । सोही कारण अहिले दरबारमार्गको सडक निकै खुला एवं सफा देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।