logo

नक्कली मदिरा विक्रीगर्ने ९ जना पक्राउ, ठूलो परिमाणको नक्कली अन्तः शुल्क स्टिकर बरामद

    942   पटक पढिएको


३ माघ/अर्थ र व्यापार – काठमाडौंमा नक्कली मदिरा बेचबिखन गर्ने ९ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन गरी बिक्री वितरणमा संलग्न ९ जनाको गिरोह पक्राउ परेको जानकारी गराएको हो ।
काठमाडौंको कागेश्वरी नगरपालिकास्थित थलीमा एकघर भाडामा लिई उनीहरूले नक्कली मदिरा उत्पादन गरी बजार मूल्यभन्दा कममा बिक्री वितरण गर्ने गरेको सो कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल घिमिरेले बताए ।
‘गुणस्तरहीन नक्कली मदिराहरू प्रचलित बजारको दरभाउभन्दा कम मूल्यमा बिक्री गर्ने र यो अरुभन पनि मान्छेको हेल्थलाई पनि असर गर्ने खालको सुचना पनि पाइएको छ’ डीएसपी घिमिरेले भने, ’आन्तरिक राजश्व विभागका अन्तःशुल्क स्टिकरहरू हामीले बरामद गरेका छौँ । र भारी मात्रामा मदिराका बिर्कोहरू पनि त्यहाँबाट हामीले बरामद गरेका छौँ ।’
पक्राउ पर्नेहरूमा रामेछापका २८ वर्षीय मनोज खत्री र ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्का, सिन्धुलीका २८ वर्षीय गौरव तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाका ३६ वर्षीय सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षीय लेखविक्रम थापा रहेका छन् ।
यसैगरी, रामेछापका २० वर्षीय मनिष खत्री, २३ वर्षीय महेश खत्री र सिन्धुपाल्चोकका १८ वर्षका रोशन कार्कीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट नक्कली मदिराको बिक्री वितरणमा प्रयोग हुने गरेको आन्तरिक राजश्व विभागको नक्कली अन्तःशुल्क स्टिकर पनि भारी मात्रामा बरामद गरिएको प्रहरीले जनाएको छ ।
डीएसपी घिमिरेले नक्कली मदिरा बिक्री वितरण गर्ने ठाउँको पनि अनुसन्धान भइरहेकाले उनीहरूलाई पनि छिट्टै पक्राउ गरी कारबाहीको दायरामा ल्याउने बताए । ‘खुकुरी रम, गोल्डेन वेक, फाईटर, सिग्नेचर, ३६५ ब्ल्याक र यो मदिरा बनाउन प्रयोग गरिने विभिन्न सामानहरू, सगुन ब्राण्डको मदिरा, चिनी मिश्रित तरल पदार्थ, रक्सीका खाली बोतलहरू, आन्तरिक राजश्व विभागको अन्तःशुल्क स्टिकरहरू, लेबलिङ गर्ने सामानहरू, यसको प्याकेजिङ गर्ने सम्पूर्ण सामानहरू बरामद गरेर यो ९ जना मानिसहरू समेतलाई पक्राउ गरी यस कार्यालयमा ल्याएका छौँ’ डीएसपी घिमिरेले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।