logo

स्वास्थ्य बीमा काठमाडौं महानगरपालिकामा पनि सुरुभयो

    1071   पटक पढिएको


११ पुस/अर्थ र व्यापार – काठमाडौं महानगरपालिकामा अब स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न बुधबार काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा.मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् ।
स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन गर्ने सहमति पत्रमा उल्लेख छ ।
‘बीमा गरेपछि प्रति ५ जनाको परिवारलाई एउटा एकाइ मानेर एक बर्षमा १ लाख बराबरको निःशुल्क उपचार सेवा प्राप्त हुनेछ । सो बराबरको रकम बीमा बोर्डले महानगरपालिका अन्तर्गत रहेको प्रवद्र्धन केन्द्रलाई शोध भर्ना गर्नेछ’ महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले भने ।
महानगरपालिकाभित्रका स्वास्थ्य प्रवद्र्धन केन्द्रहरु बीमा बोर्डमा सूचीकृत हुनेछन् र बीमा अन्र्तगको स्वास्थ्य उपचार दिन थाल्नेछन् । ‘यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरुमा पठाइने छ’ पौडेलले भने ।
महानगरपालिकाले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुमा पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र स्वास्थ्य उपकरण किनिरहेको छ । महानगरका अनुसार सबै वडाका लागि बीमा दर्ता सहयोगी छनोट भइसकेका छन् । बीमा बोर्डले दर्ता सहयोगीका लागि तालिम दिएपछि बीमा गराउन उनीहरु घर घरमा पुग्नेछन् ।
बीमितले बीमा गरेको मितिले ३ महिनापछि सेवाग्राहीले प्रथम सम्पर्क विन्दुको रुपमा कुनै शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट सुविधा प्राप्त गर्नेछन् । ‘महानगरपालिकामा अहिले तयार भएको वडा नं ९, ८ र ३० को स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सुरुको सेवा विन्दुको रुपमा लिएका छौं, दर्ता सहयोगीको तालिम सकिँदा सेवा दिन तयार अन्य स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुलाई पनि प्रथम सेवा विन्दु बनाउन सकिन्छ’ महानगरको स्वास्थ्य विभाग प्रमुख पौडेलले भने ।
उनका अनुसार महानगरभित्र २४ वटा वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्रको भौतिक संरचना निर्माण भइसकेको छ । स्वास्थ्य बीमा सञ्चालनको लागि मेयरको अध्यक्षतामा ७ सदस्यीय पालिका संयोजन समिति हुनेछ । समितिको सदस्यमा मेयरले मनोनित गर्ने, धेरै जनसंख्या भएका वडामध्येबाट १ जना वडाध्यक्ष, सेवा प्रदायक संस्थाको प्रतिनिधि १ जना, स्वास्थ्य क्षेत्रमा अनुभव हासिल गरेको व्यक्ति १ जना, महिला स्वयंसेविका १ जना, स्वास्थ्य हेर्ने शाखा प्रमुख १ जना, सम्बन्धित पालिका हेर्ने स्वास्थ्य बीमा बोर्डको दर्ता अधिकारी १ जना सदस्य रहनेछन् ।
समितिले स्वास्थ्य संस्थाहरुमा उपकरणको बन्दोबस्त, प्रयोगशाला सेवाको निरन्तरता, स्तरोन्नति र पूर्वाधार अभिवृद्धिमा सहयोग गर्ने, स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा सेवाको गुणस्तर वृद्धि गर्ने, कार्यक्रम विस्तार गर्न प्रवद्र्धनात्मक कार्यमा सहयोग गर्नेछ ।
काठमाडौं महानगरपालिकाले स्वास्थ्य बीमा सञ्चालन गरेपछि देशभरका ७५१ स्थानीय तहमा स्वास्थ्य बीमा सञ्चालन भएका छन् । अब काठमाडौंको बुढानिलकण्ठ र नागार्जुन नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।