logo

दधिराज सुवेदी पुरस्कार श्रेष्ठ र झालाई प्रदान गरिने

    1257   पटक पढिएको


६ मंसिर/अर्थ र व्यापार – दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार २०८०’ बरिष्ठ कथाकार तथा आख्यानकार भागिरथी श्रेष्ठलाई र यसैगरी दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने भएको छ ।
प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्ने दुवै पुरस्कारको राशि क्रमशः ५१०००(एकाउन्न हजार) रुपैयाँ र २५००० ( पचिसहजार ) रुपैयाँ रहेको छ । नेपाली साहित्यको आख्यान विधामा पाँच दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि साहित्यकार श्रेष्ठलाई र पत्रकारिताको क्षेत्रमा चारदशक भन्दा बढी समयदेखि दिएको योगदानका लागि बरिष्ठ पत्रकार झालाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले सो निर्णय गरेको हो । यस अघि भाषा साहित्य पुरस्कारबाट, साहित्यकारहरू प्रा .डा.गोविन्दराज भट्टराई, प्रा.डा.अभि सुवेदी, प्रा.डा.माधवप्रसाद पोखरेल,डा .विष्णुविभु घिमिरे, एस्पी कोइराला प्रा.डा. चूडामणि बन्धु र सनत रेग्मीलाई र पत्रकारिता पुरस्कार पत्रकारहरू हरिबहादुर थापा, शिववहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल, भूषण दाहाल र अनन्तराज न्यौपानेलाई प्रदान गरिएको थियो ।
समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको पन्ध्र लाख रुपैयाँको अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिंदै आएको बताए । उनका अनुसार २०७३ सालदेखि यो पुरस्कार नियमित प्रदान गरिंदै आएको छ । यस वर्षका पुरस्कारहरू आगामी ३० मंसिरमा विशेष समारोह आयोजना गरी विराटनगरमा प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।