logo

१६७ जनाले पाए राष्ट्रिय शिक्षा पुरस्कार, निजीतर्फ प्रसादी एकेडेमी र काठमाडौं मोडल प्रथम

    974   पटक पढिएको


२ असोज/अर्थ र व्यापार – यस वर्ष सामुदायिक विद्यालयतर्फ सिन्धुलीको दुधौलीस्थित कमला माध्यमिक विद्यालय राष्ट्रियस्तरमा पहिलो भएको छ। २०७९ सालको एसईई परीक्षाको नतिजाका आधारमा देशभरका सामुदायिक विद्यालयमध्येबाट कमला मावि पहिलो भएको हो। उसले राष्ट्रिय शिल्ड, ध्वजा र ३ लाख रुपैयाँ पुरस्कार पाएको छ।
सिन्धुलीकै कमलामाई–४ स्थित कमला माध्यमिक विद्यालय द्वितीय र सल्यानको कुमाख–२ स्थित नारायण माध्यमिक विद्यालय तृतीय भएका छन्। द्वितीय हुने कमला माविले २ लाख र तृतीय हुने नारायण माविले १ लाख रुपैयाँ पाएका छन्।
निजी विद्यालयतर्फ ललितपुरको मानभवनस्थित प्रसादी एकेडेमी प्रथम भएको छ। यस्तै काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेज द्वितीय र बुढानीलकण्ठ–५ स्थित बुढानीलकण्ठ स्कुल तृतीय भएका छन्। निजीतर्फका तीन वटै विद्यालयले सार्वजिनक विद्यालयले सरह शिल्ड र पुरस्कार पाएका छन्।

प्राविधिक शिक्षालयतर्फ रूपन्देहीको तामनगरस्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, मोरङको बुढीगंगास्थित मनमोहन मेमोरियल पोलिटेक्निक, झापाको दमकस्थित लाइफ लाइन अस्पताल र विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयले १÷१ लाख रुपैयाँका दरले पुरस्कार पाएका छन्।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले सञ्चालन गरेको परीक्षाको नतिजा र शैक्षिक क्रियाकलापका आधारमा ती चार शिक्षालयलाई पुरस्कृत गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।

क्याम्पसतर्फ राष्ट्रियस्तरमा पुल्चोक क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस र काठमाडौं मोडेल कलेज उत्कृष्ट ठहरिएका छन्। विश्वविद्यालय अनुदान आयोगको मूल्यांकनका आधारमा आंगिकतर्फ पुल्चोक, सामुदायिकतर्फ लुम्बिनी वाणिज्य र निजीतर्फ काठमाडौं मोडेल कलेज उत्कृष्ट ठहरिएका हुन्। ती तीन वटै क्याम्पसलाई २ लाख ५० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ।

शिक्षा दिवसको अवसर पारेर उत्कृष्ट विद्यालय, प्राविधिक शिक्षालय र क्याम्पसलाई पुरस्कृत गरिएको हो। मन्त्रालयले यस वर्ष राष्ट्रिय शिक्षा पुरस्कार १ सय ६७ जनालाई दिने निर्णय गरेको छ।

मन्त्रालयले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीतर्फ २५ जना, प्राविधिक शिक्षालयका कर्मचारीतर्फ ५ जना, सार्वजनिक विद्यालयका शिक्षकतर्फ ७२ जना, विद्यालय कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी र प्रारम्भिक बालविकास तथा शिक्षा सहजकर्तातर्फ ३४ जना र निजी विद्यालयका शिक्षक कर्मचारी र संस्थापकतर्फ ३१ जनालाई पुरस्कार दिने भएको हो।
मन्त्रालयले पुरस्कारका लागि छनोट गरिएका शिक्षक, कर्मचारी र सञ्चालकको नाम सार्वजनिक गरेको छ। सामुदायिक विद्यालयका शिक्षकतर्फ कोशीमा १३, वाग्मतीमा १३, गण्डकीमा ११, लुम्बिनीमा १२, कर्णालीमा १० र सुदूरपश्चिममा ९ जना छानिंदा मधेस प्रदेशबाट ४ जना मात्र छनोटमा परेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।