logo

काठमाडौ महानगरपालिकाको नयाँ निणर्य,व्यावसायिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने

    960   पटक पढिएको


२ साउन/अर्थ र व्यापार – काठमाडौं महानगरपालिकाभित्रका व्यावसायिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने भएका छन । सोमबार एक सूचना सार्वजनिक गर्दै काठमाडौं महानगरले व्यावसायिक भवनहरू (निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल,अस्पताल)लगायत स्वास्थ्य सेवाप्रदायक संस्थाहरूलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।
महानगरपालिकाको आर्थिक ऐन २०८० अनुसार बहुतले आवासीय वा व्यावसायिक भवनहरूमा रहेका व्यवसाय र सेवाप्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारीसाधन पार्किङ बापतको शुल्क संकलन गर्न निषेध गरिएको हो ।
सेवाग्राहीबाहेक अन्यसँग मात्र पार्किङ शुल्क लिन सक्ने काठमाडौ महानगरपालिकाको यस नयाँ निणर्यमा उल्लेख छ । महानगरपालिकका अनुसार पार्किङ गराउँदा क्षेत्रगत आधारमा स्पष्ट रेखांकन गरेर प्रवेश र बहिर्गमन फरक–फरक हुनेगरी प्रविधि प्रयोग गरेर व्यवस्थापन गर्नुपर्ने छ  । क्षेत्र र समयका आधारमा महानगर आफैँले वा निजी क्षेत्रको सहयोगमा पार्किङ सञ्चालन व्यवस्थापन हुनेछ ।

फरक स्थानमा पार्किङ शुल्क पनि भिन्दै
न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौरसम्म) काठमाडौंको मध्यभागका तोकिएका स्थानलाई क्षेत्र नम्बर १ मा राखिएको छ । यस क्षेत्रमा सवारीसाधन पार्किङ गरेबापत दुईपांग्रे सवारीसाधनका लागि पहिलो आधा घन्टासम्म १५ रुपैयाँ र प्रतिघन्टा २५ रुपैयाँ कायम गरिएको छ । चारपांग्रे सवारीसाधनलाई पहिलो आधा घन्टासम्म ५० रुपैयाँ र प्रतिघन्टा ८० रुपैयाँ कायम गरिएको छ ।

क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रका अन्य ठाउँलाई क्षेत्र नम्बर २ मानिएको छ । यी क्षेत्रमा दुईपांग्रे सवारीसाधन पार्किङ गरेबापत प्रतिघन्टा १५ रुपैयाँ, चारपांग्रेका लागि ४० रुपैयाँ र चारपांग्रेभन्दा ठूला सवारीसाधनका लागि प्रतिघन्टा सय रुपैयाँ कायम गरिएको छ ।

निजी क्षेत्रबाट निजी स्वामित्वको घरजग्गामा व्यावसायिक रूपमा सञ्चालित पार्किङमा दुईपांग्रे सवारीसाधनमा पहिलो आधा घन्टाका लागि १५ रुपैयाँ, पहिलो एक घन्टाका लागि २५ रुपैयाँ र त्यसपछि हरेक १५ मिनेटका लागि पाँच रुपैयाँ थप शुल्क लिन सकिनेछ ।
यस्तै, चारपांग्रे सवारीसाधनका लागि पहिलो आधा घन्टाका लागि ४० रुपैयाँ, एक घन्टाका लागि ७५ रुपैयाँ र त्यसपछि प्रत्येक १५ मिनेटका लागि थप १५ रुपैयाँ लिन सकिनेछ । लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारीसाधन पार्किङ गर्ने गरी सञ्चालन गरिने व्यवसायलाई व्यवसाय करमा पाँच वर्षसम्म शतप्रतिशत छुट प्रदान हुने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।