logo

कार्यकारी सम्पादक बस्नेतलाई ‘सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’

    1213   पटक पढिएको


३१ बैशाख/अर्थ र व्यापार – राष्ट्रिय समाचार समिति राससका कार्यकारी सम्पादक एवं प्रदेश तथा जिल्ला ब्यूरो प्रमुख सूर्यचन्द्र बस्नेतलाई ‘सूर्यभक्त पतना देवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।
नेपाल प्रेस युनियन नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुर शाखाका अध्यक्ष वीरेन्द्र पराजुलीले कार्यकारी सम्पादक बस्नेतलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिएका हुन ।
यस पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । पुरस्कारका लागि छनोट भएका बस्नेतले राष्ट्र पुकार साप्ताहिकबाट पत्रकारिता आरम्भ गरेका थिए । बस्नेत साढे दुई दशकदेखि राससमा आवद्ध हुनुहुन्छ । कानुनमा स्नातक र आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर बस्नेतले यसअघि राससको प्रमुख समाचारदाता र सञ्चालक समिति सदस्यको जिम्मेवारी सम्हालिसकेका छन ।

यसैगरी, सोही पुरस्कार नेपाल टेलिभिजनका अध्यक्ष एवं नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय अध्यक्ष समिरजंग शाह, बिबीसी नेपाली सेवाका ईश्वर जोशी र डा. भूमिराज चापागाईँलाई समेत प्रदान गरिने प्रेस युनियनका जिल्ला सचिव खगराज सापकोटाले जानकारी दिए । पुरस्कारको राशि जनही जनही २५ हजार रुपैयाँ रहेको छ ।
प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेसका नेता सूर्यभक्त अधिकारी र उहाँकी धर्मपत्नी पतना देवी अधिकारीको स्मृतिमा सो पुरस्कारको स्थापना गरिएको हो । उनका छोरा तथा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले सो पुरस्कार स्थापना गरेका हुन । आगामी ५ जेठमा नेपाल प्रेस युनियन नवलपुर जिल्ला शाखाको ११औँ अधिवेशनका अवसरमा सो पुरस्कार प्रदान गरिने छ ।

यसअघि सो पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष किशोर नेपाल, राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्षय धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय महासचिव पोषण केसी र पूर्वसचिव रामजी दाहाल, नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्ले लगायत पत्रकार सम्मानित भइसकेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।